रूस, जेठ ३१। विश्वकप फुटबलको शनिबार भएको उद्घाटन खेलमा नेपाली समय अनुसार साँझ ८ः४५ बजे साउदी अरब र आयोजक राष्ट्र रूसबीच खेल शुरु भएको छ । उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका छन् ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको छ । रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको छ । रूसको तर्फबाट इगोर अकिनफिवको नेतृत्वमा इल्या कुपेटोभ, सेर्गेई इग्नाशेभिक, इयुरी गाजिन्स्की अलान जागोभ, रोमान जोवनिन, अलेक्साण्डर गोलोभिन, यूरी जर्कोभ, अलेक्साण्डर सामेडोभ, फेडर स्मोलोभलगायतको टोली खेल्दैछ । रूसको प्रशिक्षकमा स्टानिसलाभ चेर्सेसोभ रहेका छन् ।यसैगरी साउदी अरबतर्फ अब्दुल्लाह अल–मुआइयोउफ ओसामा हासावी (क्याप्टेन), ओमार हावसावी, मोहम्मद अल–बुरायक, येसेर अल–शाहरानी, सलमान अल–फराज, याहिया अल–सेहरी, अब्दुल्लाह ओतायफ, तैसिर अल–जसाम, सालेम अल–दावसारी, मोहम्मद अल–साहलावीलगायत खेल्दैहुनुहुन्छ भने स्पेनी नागरिक जुवान एन्टिोनियो पिजी प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ ।
बिहीबारको खेल अर्जेन्टिनी रेफ्रीको उपस्थिती रहेको छ । पहिलो पटक विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने भएको छ । उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए ।
फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतीका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती राखेकाे छ ।स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रूसले लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ । विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् ।
तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । रूस आयोजक राष्ट्र भएकाले यसको तयारी खेललाई भब्य बनाउने भएपनि साउदी अरब पनि कम आक्न सकिने समूह होइन ।
साउदी अरबले चलाएको बलसँगै खेलको उद्घाटन भएको हो । भने खेलमा रूसले पहिलो गोल गरी आफूलाई प्रभावशाली समूहको रूपमा प्रस्तुत गरेको छ । पहिलो गोल गर्न ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्की सफल रहेका छन् । उनले पहिलो हाफको १५ मिनेटमा गोल गर्न सफल भएका छन् । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: