Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपाली मुलका भारतीय खेलाडी सुनिल क्षेत्रीः जसले गरे लियोनेल मेसीसँग बराबरी गोल

भारतीय फुटबल टोलीका कप्तान एवं कुशल खेलाडी सुनिल क्षेत्रीले \'इन्टर्कन्टिनेन्टल कप\' को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनेल मेसीसँगको कीर्तिमान बराबर गरेका छन् ।

अन्तर-महादेशीय खेल \'इन्टर्कन्टिनेन्टल कप\'को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेसँगै अन्तर्राष्ट्रिय फुटबलमा सुनिल क्षेत्रीले गरेको कुल गोलको संख्या अर्जेन्टिनाका प्रसिद्ध खेलाडी लियोनेल मेसीको ६४ गोलसँग बराबर हुन पुगेको छ । भारत र केन्याबीच आइतवार भएको खेलमा क्षेत्रीले दुवै गोल मध्यान्तर अघि गरेका थिए । त्यो खेलमा भारत केन्यालाई २-० ले पाराजित गर्दै इन्टर्कन्टिनेन्टल फुटबल कप जित्न सफल भयो । पछिल्लो दुई गोलपछि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीहरूमाझ धेरै गोल गर्ने खेलाडीहरूमध्ये अब मेसीसँगै क्षेत्री पनि दोस्रो स्थानमा पुगेका छन् । सक्रिय खेलाडीहरूमध्ये सबैभन्दा धेरै गोलको कीर्तिमान चाहिँ पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १५० अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कुल ८१ गोल गरिसकेका छन् । हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा क्षेत्री र मेसी अहिले २१ ‌औँ स्थानमा छन् । यसअघि आइवरी कोस्टका डिडीएर ड्रोग्बाले १०४ खेलमा ६५ गोल गरेका थिए । ३३ वर्षिय क्षेत्रीको यो १०२औँ खेल थियो र यो अन्तर्राष्ट्रिय प्रतियोगिताअघि उनले ६२ अन्तर्राष्ट्रिय गोल गरिसकेका थिए । उनले आइतवार केन्याविरुद्धको खेलमा आठौँ र २९ औँ मिनेटमा गोल गरेका थिए । उनले सन् २००२ बाट फुटबलको करिअर शुरू गरेका थिए । १७ वर्षको उमेरमा उनी मोहन बगान क्लबका लागि अनुबन्धित भएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending