Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

क्रिकेटर विराट कोहलीः जसले दारीको पनि बिमा गराए (भिडियोसहित)

नयाँदिल्ली । भारतीय क्रिकेट टिमका कुनै एक समय थियो जब कपिल देव र सुनील गावस्कर जस्ता दिग्गज कप्तानले विरोधी टिम र आफ्नो खेलमा मात्र ध्यान दिन्थे । त्यसपछि सौरव गांगुली जस्ता कप्तान आए जसले भारतीय खेलाडीलाई विरोधी टिमसँग आँखामा आँखा जुधाएर खेल्न प्रेरित गराए । यसपछि धोनीको समय आयो । उनले आफ्नो खेलसँगै खेल्ने तरिकामा पनि परिवर्तन ल्याए । आफ्नै स्टाइलमा खेल्दै अलग पहिचान बनाए । समय धेरै अगाडि बढिसकेको छ । अहिले भारतीय टिमको नेतृत्व सबैभन्दा स्टाइलिस खेलाडी विराट कोहलीले गरिरहेका छन् । विराट आफ्नो ट्याटुदेखि लिएर स्टाइलिसमा सुपर कुल देखिएका छन् । विराट कोहलीले आफ्नो स्टाइलमै विरोधी टीमलाई हराउँदै आएका छन् । कोहली आज लाखौं-करोडौं क्रिकेट फ्यानका स्टाइल आइकनसमेत बनेका छन्। उनले लगाउने कपडादेखि बोल्ने तरिकासम्म फ्यानले फलो गर्ने गरेका छन् । तर उनको सबैभन्दा खास स्टाइल दारी हो । कप्तान कोहली आफ्नो दारीमा सुपरकुल देखिन्छन् । विराटले जति माया आफ्नो खेललाई गर्छन् त्यतिनै दारीलाई गर्ने गरेका छन् । आइपिएल २०१८ मा सहकर्मी रविन्द्र जडेजाले कोहलीलाई दारी काट्ने सल्लाहलाई उनले सहजै अस्वीकार गरेका थिए । यसैबीच हालै भारतीय मिडियाले सार्वजनिक गरेको एउटा समाचार अनुसार विराट कोहलीले आफ्नो दारीको बिमा गरेका छन् । टेस्ट ओपनर केएल राहुलले आफ्नो सोशल मिडियामा एउटा भिडियो अपलोड गर्दै विराटले दारीको बिमा गराएको बताएका छन् । राहुलले भिडियोमा विराटले आफ्नो दारीको बिमा गरेको दाबी गरेका छन् । तर यो कतिको साँचो हो हेर्न बाँकी छ । एजेन्सी हेर्नुहोस् भिडियोमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending