Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सडक खुलाउनका लागि जग्गादान

\"\"भीमदत्तनगर । कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् । बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्ने जग्गा निःशुल्क रुपमा दान गरेपछि सो सडक सञ्चालनमा आएको ८३ वर्षीय स्थानीय मनिदत्त भट्टले बताए । “सडक नहुँदा बन्धकजस्तै भएको थियौं,” उहाँले भन्नुभयो “सडक बनाउने भनेपछि खुशी हुँदै मैले पनि जग्गा दान दिए ।” २०२४ सालमा बसाई सरेर यहाँ आउनुभएका भट्टले सडक नभएकै कारण विगतमा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उक्त सडक नहुँदा पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताए । स्थानीय तहको अग्रसरताका कारण पनि गाउँमा सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार आउन थालेको उनको भनाइ छ । “सडक सञ्जालसंग गाउँ जोडिँदा साच्चै सिंहदरबार गाउँमै आएको भान भयो,” उनले भने, “अब गाउँका बालबालिकाले पनि स्कूल जाँदा दुःख भोग्नु पर्ने छैन ।” स्थानीय बैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले सडक खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउँदै “विद्यार्थीसँगै सडक विस्तार हुँदा यहाँका झण्डै १०० परिवारलाई सहज भएको छ,” भने । सडक नहुँदा विगतमा विद्यार्थी स्कूल सधैँ ढिलो पुग्थे, उनले बताए । स्थानीय जगदीश विष्ट पनि सडक खुलेपछि खुशी व्यक्त गर्नुभयो । आफूले पनि सडक खुलाउन जग्गा दान गरेको जानकारी दिँदै उहाँले सडक खुल्दा गाउँ नै हर्षित भएको बताए। यहाँको बेतकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले बस्ती लामो समयअघि बसेको भए पनि सडक पहुँचबाट टाढा रहेको बताउनुभयो । उनले वडा कार्यालयको सक्रियता र स्थानीयको सहयोगमा दुई किलोमिटर सडक बनाइएको बताए । “स्थानीयवासीसँगै यहाँ स्थापना हुने दैजी छेला आद्योगिक क्षेत्र जान पनि यो सडक छिटो हुन्छ,” वडाध्यक्ष सिंहले भने, “स्थानीयलाई पनि यो सडकले सदरमुकाम र विद्यालय जान सजिलो भयो ।” उनले स्थानीयले दिएको जग्गामा सडक खोलिएको बताउँदै उक्त सडकमा रु पाँच लाख बराबरको कालोपत्रे हाल्ने बताए । लालपूर्जा भएको जग्गामा पनि सडक बनाउन स्थानीयले देखाएको भावनाको वडाध्यक्ष सिंहले सम्मानसमेत व्यक्त गरे । बेतकोट नगरपालिकाले नगरभित्र सडक नभएको ठाउँमा सडक विस्तारका साथै साँघुरो सडकलाई फराकिलो बनाउने, कालोपत्रे सडक भएको ठाउँमा स्तरोन्नति गर्नेलगायतका कामलाई तीव्रता दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies