Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

१३ वर्षिया बालिकाको ओलम्पिकमा भाग लिने सपना

पाकिस्तानको प्रमुख शहर कराँचीमा रहेको ल्यारी क्षेत्र । ल्यारी कराँचीको यस्तो क्षेत्र हो, जहाँ विभिन्न समुदायका कयौँ मानिसको बसोबास रहेको छ । तर यहाँको साझा चिनारी हो, गरिबी । ल्यारी क्षेत्रमा आउँदा शुरुवाती दिनमा अजब लागेको थियो । यस इलाकामा बाहिरका मानिस आउन असुरक्षित महशुस गर्ने रहेछन् । किनकी यहाँको चोक र गल्ली मारकाट, खुनखराबाका लागि प्रसिद्ध जस्तै भएको रहेछ । प्रहरी प्रशासनको पनि पहुँच नपुगेको र प्रहरी जान नमान्ने क्षेत्रको रुपमा चिनिएको रहेछ । पकिस्तानको अर्धसैन्य बलको लामो अभियानपछि सो क्षेत्रका अराजक क्रियाकलाप र अराजक तत्वहरुको निर्मूल पार्न सफल भएको हो । हाल यो क्षेत्रमा आममानिस ओहोरदोहोर गर्न कुनै समस्या रहेको छैन । महिलाको पहिलो बक्सिङ क्लब ल्यारी क्षेत्रमा रहेको बक्सिङ क्लबमा युवतीहरुको बाक्लो उपस्थिती रहेको थियो । बक्सिङमा आफ्नो भविष्य खोजिरहेका देखिन्थे । हरेक दिन स्कुल छुट्टी भएपछि दर्जनौँ युवती ‘पाक शाहिन बक्सिङ क्लब’ मा पुगिसकेका हुन्छन् । पंचिग ब्यागमा मुक्का बजार्दै युवतीहरु बक्सिङको माध्यमबाट आत्मनिर्भर बन्न खोजिरहेका देखिन्थे । बक्सिङ क्लबमा सबै आवश्यकिय चिजहरुको राम्रो बन्दोबस्त थियो । क्लबको एउटा ढोकामा अमेरिकी बक्सन मोहम्मद अलिको तस्बिर राखिएको छ । अर्को ढोकामा बक्सिङ ग्लोभ टाँगिएको छ । ओलम्पिक खेलाडी बन्ने सपना १३ वर्षिया आलिया सुमरो पाक शाहिन बक्सिङ क्लबकी सबैभन्दा जोशिली बक्सर हुन् । उनले आजसम्म कुनै पनि टुर्नामेन्ट हारेकी छैनन् । बक्सर मोहमद अलि आफ्नो प्रेरणाको स्रोत बताउने आलियाले भनिन्, ‘ एकदिन मैले मोहमद अलिको फाइट देखेको थिएँ । त्यो दृश्य बडो रोमाञ्चक थियो । म पनि त्यसै गरी खेल्न चाहन्थे । उनले तीनवटा प्रतियोगिता जितेका छन् । म पाँचवटा जित्न चाहन्छु । ’ बक्सिङ खेल्नु उनको लागि कुनै गाह्रो काम नभएको बताउँदिन् । उनि भन्छिन् , ‘ जब म आफ्नो पहिलो म्याच खेल्दै थिएँ । मानिसले मेरो बेइज्जत गरेका थिए । घरमा नबसेर, नमाज कुरान पाठ नगरेर भन्दै कुरा काटेका थिए । साथै मेरो बुबालाई पनि किन बक्सिङ खेलाएको भन्दै खिस्साएका थिए । ’ जेजति चुनौती भएपनि आफू एकदिन ओलम्पिक खेलाडी बनेरै छाड्ने आलियाले दाबी गरिन् । बक्सिङबाट आशाको किरण सन् २०१३ मा पाक शाहिन क्लबमा महिला बक्सरले बक्सिङ सिकाउन शुरु गरेकी थिइन् । ल्यारी क्षेत्रमा त्यसताका ग्याङवारको विगविगी थियो । त्यसबाट सबैभन्दा बढि प्रभावित महिला नै हुन्थे । असुरक्षित हुन्थे । युनुस कमबरनी भन्छिन्, ‘ त्यसबेला ज्यादै खराब दिन थियो । क्लबको परिसरमा गोलीको छर्रा आइपुग्थे । गरिबी र हिंसामा जुधिरहेका क्षेत्रमा जनतामा आशाको किरण जगाउन सकिएला भन्ने लागेको थियो । र मैले काम सुरु गरेको थिए । तर सबै मेरो विरुद्धमा लागे । तर त्यसको वेवास्ता गर्दै आफ्नो काममा अडिग भएर लागिरहेँ । ’ कमरवानीले आजसम्म धेरै युवतीलाई बक्सिङको तालिम दिइसकेकी दिन् । धेरैले विभिन्न प्रतियोगितामा भागसमेत लिइसकेको बताउँछिन् । घरबाट बाहिर निस्कन नदिने, पढ्न जान नदिने युवतीहरुलाई बक्सिङ क्लबमा सहभागी हुन दिने अभ्यास त्यहाँको समाजमा अहिले पनि मुस्किल छ । किनकी त्यो समाज ज्यादै नै रुढीवादी छ । विस्तारै बक्सिङ मार्फत् महिलाप्रति हेर्ने समाजको दृष्टिकोणमा बदलाब आएको छ । महिलाहरु कुनै ठूला घटना भयो भने त्यसको नेतृत्व गर्दै समाधानमा लाग्छन् । बक्सिङ क्लबको दीगोपनामा भने समस्या देखिएको छ । कुनै पनि प्रतियोगिता गर्न पर्यो भने सामान्य खर्चको जोहो गर्न पनि अप्ठेरो रहेको छ । यसमा कसैको सहयोगको टड्कारो आवश्यकता देखिएको छ । क्लबमा सुन्दर दृश्यहरु देख्न पाइन्छ । युवतीहरु आफ्नो तागत लगाएर मुक्का बजारीरहेका थिए । आँखामा आवेग तर ‘बडिल्याङग्वेज’ भावुक बनाउने खालका देखिन्थे । ढोकामा टाँगिएको पोस्टरमा लेखिएजस्तै महिलाले आफ्नो शक्ति देखाइरहेका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies