Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

गरिरहेछाैं फेरि ऐतिहासिक नयाँ बारपाक बनाउने संकल्प

विश्वमा नेपालको पहिचान दिन सफल भिसी गजेघलेको गाउँ भनेर चिनिने नेपालकै नमूना ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याएको थियो । प्रायजस्तो आतंरिक तथा बाह्य पर्यटक जो कोही बारपाक गाउँ भनेपछि एकचोटी पुग्न पाए हुन्थ्यो भन्ने सपना मुटुमा राख्दथ्यो । दुर्भाग्य यही बैशाख १२ गतेको महाबिनासकारी भूकम्पले २ मिनट मै उजाड़ बनाइदिएको छ । भूकम्पको केन्द्रविन्दु बनेको बारपाकमा करीब १४७० घर धुरी थियो१यहाँको एकाध पक्की घर बाहेक सबै घरहरु भत्किएका छन । सयौको संख्यामा ज्यान गुमाए हजारौको संख्यामा घाइते भएका छन१आज बारपाकको स्थिति दयनीय छ । जिल्ला सदरमुकाम गोरखाबाट करीब १८ कोष टाढा र समुन्द्र सतहदेखि २००० र२२०० मीटरको उचाईमा छ बारपाक । बौद्ध हिमालको काखमा रहेको बारपाक उतरमा लाप्राक, दक्षिणमा सौरपानी, पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक गाबिस सम्म फैलिएको छ । पूरै देश लोडसेडिङको समस्याले आक्रान्त बनेको बेला गोरखाको यो पर्यटकीय गाउँमा भने विसं २०४८ देखि नै धेरै उत्पादन भएर, उपयोग गर्ने मान्छे नभएर विद्युत खेर गइरहेको थियो ।स्थानीय बिकासप्रेमी जलबिधुत उद्यमी वीरबहादुर घलेले साना जलविद्युत्बाट पहिलोपल्ट बारपाकमा बिजुली बाले। आज तिनै झिलिमिली बारपाक एकाएक भुकम्पबाट घरहरु भत्किएपछि उजाड़ मात्र यहाका स्थानीयबासीहरु अस्थाई टहरा मुनि बस्न बाध्यछन । यहाका धार्मिक मंदिर,बिध्यालयहरु भत्केका छन फेरी पनि बारपाकीहरुको मन भासिएको छैन । हामी सबैले मिलेर फेरी नया बारपाक बनाउने संग्कल्प गर्दैछौ । बिश्वमा ठूलो ठूलो दैबिक प्रकोपमा परेकाहरुले की त्यों ठाउँ छोडेको, रीतिएका छन की नया बिचारधरा लिएर फेरी नया रुपमा निर्माण अगाडि बढाउँदै गरेको घटनाक्रमहरु हामीले देख्दै र सुन्दै आइरहेका छौ । यस्तै परिबेसमा हाम्रो लागि यो एउटा चुनौती र अवसर दुईवटै रुपमा लिदै आज सम्पूर्ण बारपाकीहरु हिजो देखि आफ्नो पुर्खाको थप्थलो गाउँलाइ कदापि छोड़ने,रित्याउने मनोस्थितिमा छैनन । ऐतिहासिक गाउँ बारपाकमा खेती किसान गर्नको लागि जग्गा जमीन पर्याप्त छ । त्यसैले जसरी पनि हामी आफ्नो गाउँलाई फेरी नया रुपमा निर्माण गर्दै बस्ति बसाल्छौ । बिकासप्रेमी जलबिधुत उद्यमी वीरबहादुर घलेले करीब डेड महिना देखि २ महिना सम्ममा पुन बिधुत सञ्चालनमाँ आइसक्ने बताउनु भएको छ । अब हामी गाउँलाई नमूना गाउँको रुपमा स्थापित गर्न नया घर,शौचालयसढल निकासा, बाटोघाटो दीर्घकालीन नया योजना सहितको बारपाक बनाउने छौ । हामी छिट्टै नै भत्किएका बिद्यालयलाइ बनाई भबिष्यका कर्णधार मानिएका बिधार्थीलाई शिक्षाको अन्धकारबाट मुक्त गर्छौ । स्थानीय धार्मिक मठमंदिर,बौद्ध खुम्चे गुम्बालाई पनि पुन निर्माण गर्दछौ१यसको लागि हामी सम्पूर्ण बारपाकी एक भएर हातेमालो गर्दै सबैको समन्वयमा समितिहरु बनाएर सक्रीय रुपले काम सुरु गर्छौ१ हिजोको बारपाक पनि एउटै ब्यक्ति बिशेष र आर्थिक स्रोतले मात्र बनाएको अवश्य होइनस् नमूना बारपाक गाउँ बनाउन सरकारी,गैरसरकारी निकाय बिभिन्न राष्ट्रीय,अंतर्राष्ट्रीय सस्था,ब्यक्ति बिशेष स्थानियाको सहयोग,समन्वय, क्ष्रमदान, त्यतिकै मेहनतले निर्माण भएको हो१अहिले पनि हामी सरकारी निकायलाइ बिशेष जोड़तोड़का साथ माग राख्नेछौ । आशा छ हामीलाई नेपाल सरकारले भूकम्पको केन्द्र बिन्दु बारपाक गाउँलाई पुन निर्माण गर्न बिशेष सहयोग प्राप्त हुनेछ । साथै गैरसरकारी निकायस संस्था, राष्ट्रीय,अंतर्राष्ट्रीय ब्यक्ति बिशेषलाई अनुनय बिनय स्वागत गर्दै बारपाक निर्माण हाम्रो मूल एउटा मात्र उद्देश्य र लक्ष्य हुनेछ १यसको साथमा रोजगारीको सिलसिलामा बिभिन्न देशहरुमा कार्यरत बारपाकीहरु हुनु हुन्छ सबैसंग,आफूसँग भएको सिप ज्ञान,दिन सक्ने आर्थिक स्रोतलाइ अधिकतम जम्मा गर्दै सही सदुपयोग गर्दै जाने छौ । केहि समय अवश्य लाग्छ हामी हाम्रो ऐतिहासिक गाउँलाई कदापि उजाड़ रुपमा छोड़ने छैन१हामी यहाँको भूपु सैनिक संघ,सेवारत भारत,बेलायत,सिंगापुरमा कार्यरत सैनिकहरु मार्फ़त वेलफेयर,राजदुताबासहरुलाई त्यस्तै हाम्रो सुखस्दुःखमा साथ दिने संघसंस्था, ब्यक्तिहरुलाई पनि नया बारपाक निर्माणमा सहयोग र सभागिताको लागि आवान गर्दछौ । नयाँ बारपाक निर्माणकै सिलसिलामा यहाँ हामी बारपाकीहरु बिभिन्न चाडपर्व मनाउदा, बिहे, भोजभतेर,बनभोज जस्ता खर्चालु कामहरुमा लाग्ने खर्चलाई कम भन्दा कम खर्च गर्ने र धार्मिक,सांस्कृतिक पक्षलाई पनि ध्यानमा राखी त्यसलाई बचाउदै हिजो जस्तो थियो त्यसलाई निरन्तरता दिदै अगाडि बढ़ने संकल्प सबैबाट गर्छौ११फेरी पनि सबैको मुटुमा राख्न सकिने र सबैलाई मोहित पार्ने बारपाक निर्माण हुनेछ । जय बारपाक ! जय बारपाकी जनता !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending