Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एक्कासी इजरायलसँगको खेल अर्जेन्टिनाले रद्द गरेपछि...

अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएको छ । उनका अनुसार गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ । ह्युगेनले खेल रद्द भएर राम्रो भएको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन । मेस्सीको विरोध वेष्ट ब्यांकको रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीरसहित पोस्टर टाँगेर खेल रद्द गर्न भनेको थियो । गत सोमबार एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । उनले लेखेका छन्, ‘यस खेललाई राजनीतिक रुपमा प्रयोग गरिँदै छ । इजरायल सरकार जेरुसेलममा यो खेल आयोजना गरेर राजनीतिक सन्देश दिन चाहान्छ ।’ उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए । यसैगरी ७० जना बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो । अर्जेन्टिनी सन्चार माध्यमहरुका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीलाई फोन गरेर खेल स्थगित गर्न भनेका थिए । पछिल्लो खबरअनुसार गाजामा इजरायली सेनाले १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies