Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

प्रदेश १ मा एक हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने बताएका छन् उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत् आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने जानकारी दिए । प्रदेश समाचारदातासँग आज कुरा गर्दै उनले प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै रहेको र यसबाट प्रदेशलाई आत्मनिर्भर बनाई अन्य प्रदेशको आवश्यकता पूर्ति गर्ने र खाद्यान्नमा वैदेशिक आयात न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्य उल्लेख गरे। मुख्यमन्त्री राईले सरकारको दोस्रो प्राथमिकता भनेको पर्यटन हो भन्दै यसबाट स्थानीय जनतालाई रोजगारी उपलब्ध हुनाका साथै तत्कालै नगद उपलब्ध हुने भएकाले यसले प्रदेश र मुलुकको विकास तथा समृद्धिमा बल पुग्ने धारणा व्यक्त गरे । उनले विराटनगर विमानस्थलका साथै क्षेत्रीय विमानस्थल विस्तार गर्ने कार्यमा प्रदेश सरकार दृढ रहेको बताउँदै यस क्षेत्रबाट छिमेकी मुलुक भारत, बंगलादेशका विभिन्न शहरमा उडान गरिने बताए । मुख्यमन्त्री राईले छिमेकी मुलुकतर्फको हवाई उडान तथा हिमाली क्षेत्रको उडानबाट छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्किमका साथै भुटान र बंगलादेशबाट धार्मिक तथा हिमाली पदयात्राका लागि आउने पर्यटकको बसाइँ अवधि तथा खर्च गर्ने रकम वृद्धिका लागि आवश्यक पूर्वाधार तयार गरिनेमा जोड दिए । उनले यस क्षेत्रमा कोशी टप्पु, रामधुनी, हेलेसी, बराहक्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरी महादेव, भेडेटार, नमस्ते झरान, नाम्जे, पाथिभरा लगायतका अन्य धार्मिक तथा पर्यटीय क्षेत्रमा भारतीय पर्यटकलाई आकर्षण गर्न निजी क्षेत्रको सहयोगमा प्रचारप्रसार र सेवा सुविधा उपलब्ध गराउन सरकार लागेको बताए। मुख्यमन्त्री राईले विदेशी धार्मिक पर्यटकको भ्रमणबाट विदेशी मुद्रा आर्जनका साथै मुलुकको व्यापार घाटा काम गर्ने कार्यमा प्रदेशको ठूलो सहयोग हुने विचार व्यक्त गरे । उनले यस प्रदेश रहेका ३५ वटाभन्दा बढी र आठ हजार मिटरभन्दा बढी उचाइका पाँचवटा हिमालको प्रचारप्रसार छिमेकी मुलुकमा गर्न निजी क्षेत्रको सहयोग लिने धारणा व्यक्त गरे । यहाँ रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र र गोक्यो ताल, र माइपोखरीको प्रचारप्रसार हुनसके पर्यटकको कमी कहिले नहुने उनले बताए । मुख्यमन्त्री राइले नीति तथा कार्यक्रममा प्रदेशका ५६ निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय खोल्नाका साथै यसबाट तीन हजार बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ सरकार हिँडेको जानकारी दिए। मुख्यमन्त्री राइले सरकारले प्रदेशको गौरवपूर्ण आयोजना पर्यटन, जलविद्युत् र खानीपानी पूर्वाधार निर्माणका लागि निजीलगायत बाह्य लगानी बढाउने धारणा व्यक्त गरे । उनले चिया, अलैँची, बेमौसमी तरकारी र फलफूल किसानका उत्पादन वृद्धिका लागि आवश्यक प्राविधिक, उन्नत बीउबिजन, मलखाद र सिँचाइको सुविधा उपलब्ध गराउने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies