Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

विश्वकप खेल्न लागेको अर्जेन्टिनालाई झट्का, यसरी जल्दैछ मेस्सीको टी–शर्ट

नौ जुनमा अर्जेन्टीनाले इजरायलसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यो म्याच रसियामा सुरु हुन लागेको विश्वकपको तयारीका लागि हुन लागेको हो । अर्जेन्टिनाका फुटबल समर्थकहरुले यस म्याचलाई लक्की खेल सरह लिइरहेका छन् । लक्की खेल मान्नुको कारण अर्जेन्टिनाले सन् १९८६ मा पनि इजरायल विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यो वर्ष उसले विश्वकप जितेको थियो । जुन १४ मा रुसमा विश्वकप खेल शुरु हुँदैछ । उक्त प्रतियोगितामा जानु अघि अर्जेन्टिना इजरायलविरुद्ध मैदानमा आमने सामने हुँदैछ । अर्जेन्टिनाका मानिसहरुको लागि राम्रो अनुभूति लिएर आएको यो खेलले प्यालेस्टाइनी नागरिकहरुको भने पुरानो घाउ ताजा बनाइदिएको छ । ७० जना प्यालेस्टाइनी बालबालिकाहरुको एक समूहले अर्जेन्टिनाका प्रमुख खेलाडी लियोनेल मेस्सीलाई एक चिठ्ठी लेख्दै यस खेलमा रद्द गर्न आह्वान गरेका छन् । यो खेल टेडी कोलेक रङ्गशालामा खेलिने निर्धारण गरिएको छ । यो रङ्गशाला दक्षिणी जेरुशेलमको मलहामा रहेको छ । प्यालेस्टाइनी असन्तुष्टीको कारण ७० वर्षअघि भएको इजरायल–प्यालेस्टाइनी युद्धको दौरान मलहा नष्ट गरिएको थियो । सन् १९४८ मा यहाँ बस्ने प्यालेस्टाइनीहरुलाई इजरायली सेनाले यहाँबाट लखेटेका थिए । यहाँबाट विस्थापित भएका परिवारका बालबालिकाहरुले लेखेको एक पत्र आइतबार इजरायलमा रहेको अर्जेन्टिनी दुतावास पठाइयो । त्यस पत्रमा प्यालेस्टाइनी बालबालिकाहरुले आफूहरु त्यस स्थानबाट विस्थापित भएका मानिसहरुको सन्तान भएको दावी गरेका छन् । त्यही स्थानमा हाल रङ्गशाला रहेको छ । उनीहरुले लेखेका छन्, ‘हामीहरुलाई बताइए अनुसार तपाईं आफ्नो साथीहरुसँग मलहा आउनु भएको छ, र, तपाईं त्यो रङ्गशालामा खेल्दै हुनुहुन्छ जहाँ हाम्रो गाउँ नष्ट गरिएको थियो ।’ बालबालिकाहरुले मेस्सी त्यहाँ आउदा खुसी लागेको तर कुनै समय आफ्नो घर भएको स्थानमा खेल्ने कुराले दुःखी भएको पनि लेखेका छन् । सन् १९८६ मा भएको मैत्रीपूर्ण खेल भने रमत गनमा खेलिएको थियो । ‘मेस्सीले हाम्रो मन दुखाउँदैनन्’ पत्रमा लेखिएको छ, ‘तर हाम्रो खुशी आँशुमा बदलिएको छ र हाम्रो मन दुखेको छ । हाम्रो नायक मेस्सी हाम्रो पूर्वजहरुको चिहानमा बनेको त्यो रङ्गशालामा खेल्न लाग्नु कति उपयुक्त हो ।’ नौ जूनको दिन अर्जेन्टिना र इजरायल मलाहाको रङ्गशालामा एक आपसमा खेलिरहदाँ यी बच्चाहरुको लागि त्यो दिन ‘दुखद दिन’ हुनेछ । पत्रको अन्तमा बच्चाहरुले लेखेका छन्, ‘मेस्सीले हाम्रो मन नदुखाउन भनेर आफ्ना साथीहरको तर्फबाट हामी भगवानलाई प्रार्थना गर्छौँ ।’ मेस्सीले हालसम्म सार्वजनिक रुपमा पत्रको कुनै हिसाबले पनि प्रतिक्रिया दिएका छैनन् । विरोधमा मेस्सीको टी–शर्ट जलाउन अपिल दुवै समूहबीचमा खेल त्यो समयमा हुन लागेको छ जब पछिल्लो केही हप्तादेखि प्यालेस्टाइनी र इजरायली सेनाबीचमा झडप बढेको छ । प्यालेष्टाइनी फुटबल महासंघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेख्दै हुन लागेको यस खेलको विरोध गरेका थिए । उनले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई पत्र लेखेका छन् । उनले भनेका छन्, ‘यो खेललाई राजनैतिक औजारको रुपमा प्रयोग गरिँदै छ । इजरायलको सरकार जेरुशेलममा यो खेल आयोजना गरेर राजनैतिक सन्देश दिन चाहन्छ ।’ उनले अरब र मुस्लिम देशहरुका रहेका करोडौँ प्रशंसकहरुलाई मेस्सीको टी–शर्ट जलाउन अपिल पनि गरेका थिए । इजरायलको खेलकुद मन्त्रायलले यस विरोधको बारेमा केही प्रतिक्रिया जनाएको छैन ।  एजेन्सी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies