Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बजेटबारे सांसदमा बहस, कसले के भने ?

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताए। बजेटमा आएका कतिपय कार्यक्रम महत्वकांक्षी भएको भन्दै उहाँहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गरेको हो । सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट समाजवाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताए । सांसद गगनकुमार थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै भने, “थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव खड्किएको छ । कार्यान्वयनमा समस्या आउँछ ।” पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उनले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिए। सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभावसमेत बजेटमा रहेको आरोप लगाए । सांसद नवीना लामाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट आएको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन्। सांसद प्रदीप गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने बताए । सांसद लीला श्रेष्ठले बजेटले आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको भन्दै ऊर्जा, कृषि, हवाई क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे । सांसद देवप्रसाद तिमिल्सिनाले निर्वाचनमा वाम गठबन्धनले गरेको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै सरकारको आलोचना गरे । सांसद पार्वता डिसीले संघीयताको मर्म र भावनाविपरीत बजेट आएको भन्दै कम्युनिष्ट सरकारले अल्पसंख्यक, आदिवासी, जनजाति, महिला, दलित कोही कसैलाई पनि नछोएको भन्दै आलोचना गरे। सांसदहरु समिना हुसेन, अतहरकमाल मुसलमान, मोहन आचार्य, तुलसा थापा, रंगमती शाहीले बजेटले अगाडि बढाएका कार्यक्रम केही सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताए । देशका आर्थिक आधार तयार गर्नका लागि बजेट महत्वपूर्ण भएको भन्दै उनीहरुले बजेटले रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा जोड दिएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: