Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

लाभग्राही सूचीमा थप दुई हजार ७८ घरधुरी

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो । गुनासो छनोटका क्रममा घर प्रवलीकरणको लाभग्राही सूचीमा २६३ जना थपिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले राससलाई जानकारी दिए । कार्यकारी समितिको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौँका बूढानीलकण्ठ, चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका गुनासोबाट छनोट गरी लाभग्राही सूचीमा समावेश गरिएको हो । यसअघि प्राधिकरणले गुनासो सुनुवाइमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनःनिर्माण अनुदान लाभग्राही र पाँच हजार ५०१ जनालाई प्रवलीकरण लाभग्राहीमा समावेश गरेको थियो । भूकम्प प्रभावित ३२ जिल्लाबाट दर्ता भएका गुनासोमध्ये पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीको छनौटमा केही ढिलाइ भएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । प्राधिकरणले विशेष प्राथमिकता दिई गुनासो विश्लेषण गरिरहेको छ । पुनः सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट जेठ मसान्तभित्रमा लाभग्राहीको पहिचान सम्पन्न गर्ने लक्ष्य छ । छनोट भएको सूची स्थानीय तहमा पठाइने उहाँले बताउनुभयो । कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गर्न पाउनेछन् । अनुदान सम्झौतापछि लाभग्राहीले पुनःनिर्माण गर्न रु तीन लाख र प्रवलीकरणका लागि रु एक लाख अनुदान पाउनेछन् । विगतमा विभिन्न कारणले लाभग्राही सूचीमा पर्न नसकेका वास्तविक भूकम्पपीडितलाई लक्ष्य गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन गरेको थियो । गत भदौदेखि मंसिरसम्म प्राधिकरणले ३३२ जना इञ्जिनियरलाई परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सो अवसरमा करिब एक लाख ३० हजार घरधुरीको तथ्यांक संकलन गरेको प्राधिकरणले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending