काठमाडौँ, देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी आज बिहान ९ः०० बजेसम्म १३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९५६ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा ११, पूर्व क्षेत्रमा चार, मध्य क्षेत्रमा ११८ र पश्चिम क्षेत्रमा तीन जना छन् भने घाइते हुनेमा उपत्यकामा एक हजार ७३९, पूर्व क्षेत्रमा १२१, मध्य क्षेत्रमा ९७२, पश्चिम क्षेत्रमा ११० र मध्यपश्चिम क्षेत्रमा १४ जना छन् । मृतक ११३ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भूकम्पमा परी घाइते भएका नेपाल प्रहरीका ४३, नेपाली सेनाका छ र सशस्त्र प्रहरीका ११ जनासमेत उपर्युक्त सङ्ख्यामै समावेश गरिएको छ । भूकम्पमा परी चार जना बेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म तीन हजार ६२७ पूर्ण रुपमा र पाँच हजार १९० आंशिक रुपमा गरी जम्मा आठ हजार ८१७ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी देशका विभिन्न भागमा यही वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा परी आज बिहान ९ः०० बजेसम्मको प्राप्त जानकारीअनुसार आठ हजार ३४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८७० जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय ०९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा छ हजार एक सय ६४, पश्चिम क्षेत्रमा चार सय २१ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् । घाइते हुनेमा उपत्यकामा १० हजार सात सय ७३, पूर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार पाँच सय ५०, पश्चिम क्षेत्रमा एक हजार एक सय ९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।
उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत ती सङ्ख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार एक सय ३०, पूर्व क्षेत्रमा ३५ हजार चार सय ५४, मध्य क्षेत्रमा एक लाख ९८ हजार दुई सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्यपश्चिम क्षेत्रमा तीन हजार एक सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी चार लाख १७ हजार नौ सय ९७ भौतिक संरचना क्षति भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौँ उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायत राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षा गस्ती गर्ने, उद्धार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६२९ प्रहरी कर्मचारी परिचालन भएको प्रहरीले जनाएको छ । रासस,
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: