Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सफाइ

भक्तपुर, मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा आज भूकम्पबाट क्षतिग्रस्त यहाँका विभिन्न स्थानको सरसफाइ गरिएको छ ।

भूकम्पपछि वाग्मती सरसफाइ रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउने र सरसफाइ गर्ने अभियानअन्तर्गत आज दोस्रो हप्ता पनि सरसफाइ गरिएको हो । गत शनिबारभन्दा आजको शनिबार सरसफाइमा सहभागी हुनेहरु कम भएपछि आगामी शनिबार यसलाई व्यापक बनाइने र सरसफाइलाई प्रभावकारी बनाइने उनले बताए ।

शनिबार भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान ७ देखि १० बजेसम्म एकैसाथ सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका सरंचनालाई व्यवस्थित गर्ने तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ ।

सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेतको सहभागिता थियो । वाग्मती सफाइ अभियान १०२ हप्ता पुग्दा आएको विनाशकारी भूकम्पले वाग्मती सफाइ अभियान भत्किएका संरचना हटाउने अभियानमा परिणत भएको छ ।

\'यतिबेला पीडितलाई आडभरोसा चाहिएको छ, त्यसका लागि सबैले स्वयम्सेवी भावनाले सहयोग पुर्याउनु जरुरी छ\' मुख्य सचिवले भने ।

पुरिएका सम्पदा जोगाउँदै विद्यार्थी आरपी फाउन्डेसनले सञ्चालन गरेको भोकेसनल एकाडेमी पनौतीका विद्यार्थी भक्तपुरमा भूकम्पले पुरिएका सम्पदा जोगाउने अभियानमा लागेका छन् ।

गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले भक्तपुरका ऐतिहासिक सम्पदा पुरिएका छन् । यहाँका २० विद्यार्थीले भक्तपुर नगरपालिकास्थित महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी धाराको उत्खनन गरेका छन् । भूकम्पले धारासँगै रहेको पाटीसमेत भत्किएर पानी आउने ढुङ्गेधारा पुरिएकामा छोपिएको भाग हटाइएको छ । धारा सफा गरेर पानी प्रयोग गर्नयोग्य भएको छ ।

सम्पदा संरक्षणमा संलग्न भक्तपुरका रवीन्द्र पुरीले स्थापना गरेको फाउन्डेसनमा सम्पदासम्बन्धी अध्ययन गरिरहेका विद्यार्थी थपिएको फाउन्डेसनका अध्यक्ष पुरीले बताउनुभयो । पनौतीदेखि भक्तपुर आएर टाउकामा हेल्मेट र हातमा पन्जा लगाएका विद्यार्थी यहाँ भेटिन्छ ।

स्थानीयवासीको अनुमति लिएर उत्खननमा लागेका विद्यार्थीले भक्तपुर दरबारस्क्वायरको पनि सरसफाइ गर्न खोज्दा नगरपालिकाले अनुमति नदिएकामा चित्त दुखाए । भक्तपुरमा पुरिएका सम्पदाको उत्खनन सकेपछि साँखु र वज्रयोगिनीलगायत सम्पदाको सहरमा गएर अभियानलाई निरन्तरता दिइने फाउन्डेसनका अध्यक्ष पुरीले बताए ।

विद्यार्थीको यस्तो प्रयासले सम्पदाप्रतिको चासो र माया बढाउने र उनीहरुमा सामाजिक सेवाको भावनामा अभिप्रेरित गर्ने पुरी बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending