Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

जनप्रतिनिधिको गुनासो- 'कृषि विकास बैंकको सेवा प्रभावकारी भएन'

चितवन ।  कृषि प्रधान देश नेपालमा कृषि विकास बैंकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताइन्। जनतालाई सहज सुविधा दिन नसके उनीहरूको आकर्षण निजी क्षेत्रको बैंकमा हुने उनले धारणा राखीन्। भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले कृषि विकास बैंकले किसानलाई उपेक्षा गरेको भन्ने गुनासो रहेको भन्दै त्यसलाई मेट्ने गरी काम गर्न सुझाव दिईन् । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लिन झण्झटिलो भएको गुनासो रहेको हुंँदा अन्य व्यावसायिक बैंकजस्तै प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्ने बताए। सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताए । अन्तक्र्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख चुननारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकाले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताए । कार्यक्रमका अन्य सहभागीले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने, साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बैंक भएता पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो थियो । सो अवसरमा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले बैंकले अघिल्ला वर्षमा भन्दा अहिले सेवा सुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीयतहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताए । कृषि विकास बैंकलाई आफ्नै घर आँगनको बैंक सम्झेर यसलाई कसरी अगाडि बढाउने, बैंकको दायित्वलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफूले सुझाव सल्लाहको अपेक्षा गरेको उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending