दाङ । जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हुँदै गएको छ । सरकारले यसअघि हुँदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् ।
विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत गर्न फोन गर्न खोज्यो कहिले व्यस्त त कहिले घण्टौँ घण्टी गए पनि फोन उठ्दैन । झ्याप्प झ्याप्प आउने विद्युत्ले सेवाभन्दा सास्ती धेरै दिएको छ । बेठेगानको विद्युत् सेवाप्रति सधँै उपभोक्ताहरु बेखबर छन् । के समस्या हो भनेर उपभोक्ताहरुले सोध्दा बेखबरजस्तै हुन्छन् विद्युत्का अधिकारीहरु । सम्पर्क भइहाले पनि आधिकारिक जवाफ कहिल्यै दिँदैनन् । फोन उठिहाल्यो भने पनि एक छिनपछि आउँछ है, राख्नुहोस्, हामीहरुले बनाउँदैछौँ भन्ने जवाफ पाइन्छ । कहिले त दिनभर विद्युत् आउँदैन । यसरी नै पछिल्लो केही समययता दाङको तुलसीपुरलगायतका क्षेत्रको विद्युत् आपूर्ति अनियमित बन्दै गएको छ । विद्युत् आए पनि पाँच मिनेटपछि फेरि झ्याप झ्याप जाने समस्या रहेको छ । विद्युत्को अघोषित कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आम उपभोक्ताले दैनिक यस्तै समस्या भोग्दै आएका छन् । हाल विद्युत् जाने आउने भएका कारण निकै समस्या भएको स्थानीय व्यवसायी माधवकुमार केसीले बताउनुभयो । भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हँुदा व्यवसायी नै धरापमा पर्ने गरेको व्यवसायीहरु बताउछन् । “जसले जे गरे पनि भएको छ यो ठाउँमा, विद्युत्को लापरबाहीका कारण हामीहरु धेरै मर्कामा परेका छौँ, लोडसेडिङ हो भने यसको अन्त्य भएको सुनिन्छ हैन भने हिजो दिनभर विद्युत् आएन, राति पनि लाइन थिएन,” व्यवसायी सुन्दर केसीले बताए । “वितरित लाइनबाट ३३ हजार भोल्ट आउनुपर्ने हो, तर लिकेज हुँदै घोराहीसम्म आइपुग्दा बढीमा २६ हजार भोल्ट नाघ्दैन, त्यसैले लो भोल्टेजको समस्या व्यापक बन्दै गएको छ,” विद्युत् प्राधिकरण कार्यालय घोराहीका इन्जिनियर प्रमोद सिंहले भने । ठाउँठाउँमा पावर ब्रेकर नहुँदा र आवश्यकतानुसारको दूरीमा सबस्टेशन नहुँदा समस्या आएको उनको भनाइ छ । ग्राहकको माग दिनदिनै बढ्दै गएका छ तर, विद्युत् क्षमताको वृद्धि करीब एक दशकदेखि भएको छैन । यसको मार विद्युत् उपभोक्ताहरुमा पर्दै आएको छ । इन्जिनियर सिंहले भने “घोराहीको झिङनीमा नवनिर्मित सबस्टेशन र पश्चिम दाङको हापुरेमा निर्मित सबस्टेशन सञ्चालनमा आए लो भोल्टेजको समस्या धेरै हदसम्म समाधान हुन्छ, त्यसका लागि अझै कम्तीमा ६ महिना लाग्न सक्छ ।” तर हापुरेको लाइन तुलसीपुरसम्म ल्याउन नसकेर महिनौँदेखि सबस्टेशनमा डम्पिङ भएको अवस्थामा पनि विद्युत् कार्यालय र सरोकारवालाले कुनै पहल गरेका छैनन् । विद्युत् कार्यालयका कर्मचारीहरु अचेल ओभरलोड व्यवस्थापनमै हैरान देखिन्छन् । सरकारले बत्तीको क्षमता नभए पनि विद्युत् कटौतीमुक्त मुलुक घोषणा गरेपछि समस्यामा परेका छन् कर्मचारीहरु । “लोडसेडिङ गर भनेर माथिल्लो निकायले भनेको छैन, तर ओभर लोड आए विद्युत् काट्नुको विकल्प छैन,” विद्युत् कार्यालय घोराहीका इन्जिनियर सिंहले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: