वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन् ।
उनले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताएका हुन् ।
अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै दिएको थियो । राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट सन्देशमार्फत आफ्नो चुनावी अभियानका बारेमा छानबिन गर्न न्याय मन्त्रालयसमक्ष माग गरेको बताएका थिए । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआइ) का प्रतिनिधिहरूले त्यस निर्वाचनका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाबाट जासुसी गरिएको भन्ने आरोपका विषयमा अनुसन्धान गरिने बताएका छन् । त्यस निर्वाचनका क्रममा यस्तो गैरकानुनी काम गरे वा नगरेको भन्ने बारेमा पत्ता लगाउन उक्त कार्यालयले अनुसन्धान थाल्ने योजना बनाएको बताएको छ । अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले यस्तो कुनै प्रकारको घुसपैठ भएको भन्ने बारेमा अहिले नै केही भन्न नसकिनेभन्दै यदि त्यस्तो भएको प्रमाणित भएमा संलग्नहरुमाथि उचित कारबाही गरिने पनि जानकारी दिए । राष्ट्रपति ट्रम्पले यसरी आफ्नो ट्वीट अकाउन्टमार्फत नै अनुसन्धान गर्न भनेपछि संघीय अनुसन्धान ब्युरोका एकजना प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेका थिए । यसअघि गतवर्ष अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ मा भएको निर्वाचनको प्रचारका क्रममा उनलाई रुसका अधिकारीहरुले सहयोग गरेका भनेर समाचार आएको थियो । यसरी अमेरिकी निर्वाचनमा रुसी अधिकारीहरुको हस्तक्षेपको बारेमा सन् २०१७ भरि नै अनुसन्धान भएकोमा अहिले आफ्नै निर्वाचनका विरुद्धमा यस्तो जासुसी भएको समाचार आएपछि उहाँले यसको अनुसन्धान गर्न भन्नुभएको हो । एफबीआइका अधिकारीहरूले ट्रम्पको निर्वाचन अभियानका क्रममा रुसी अधिकारीहरुसँग पनि सम्पर्क भएको भन्ने बारेमा पनि केही तथ्यहरु भेटिएको बताएका छन् । त्यसैले ट्रम्पको चुनावी अभियानका विभिन्न पक्षमाथि नै अनुसन्धान सुरु भएको एफबिआइका अधिकारीहरुले जनाएका छन् । उनको चुनावी प्रचारप्रसारको क्रममा रुसी गुप्तचरहरुसँग साँठगाँठ भएको भन्ने आरोपको छानबीनको अभियान अमेरिकी सिनेटसम्म नै पुगेको थियो । उता राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा भएको यस गुप्तचर क्रियाकलापहरुका बारेमा छानबिन गर्न अघिल्लो ओबामा प्रशासनलाई पनि भनेको तर त्यस बारेमा उक्त प्रशासनले एफबीआइलाई आदेश दिए नदिएको बारेमा पनि छानबिन गर्न माग गरेको बताएका छन् । यसलाई कुनै पनि राजनीतिक रुपमा प्रेरित नभई विशुद्ध अनुसन्धान मात्र गर्नुपर्ने पनि उनले बताएका छन् । न्याय मन्त्रालयका एकजना प्रवक्ताले यसलाई सोही बमोजिम नै अघि बढाइने पनि बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: