Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रदेशको बजेट तथा योजनामा अन्तक्र्रिया

नेपालगञ्ज । प्रदेश ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तर्जुमासम्बन्धी अन्तक्र्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो । कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आवको बजेट र योजना उद्योग, व्यापार तथा विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाए । उनले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक स्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिलाए । ‘प्रदेश नंं ५ का उद्योगी, व्यापारी आर्थिक विकासका मेरुदण्ड हुन्, उनीहरुको हितका साथै जनताको समृद्धिका लागि आवश्यक कार्यक्रम बजेट तथा योजनामा समेटिनेछ’ मन्त्री पौडेलले भनिन। अन्तक्र्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै योजना बनाउनुभन्दा नेपालगञ्जका पाँचवटा ठूला पूर्वाधारका योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए । नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको केन्द्र भएकाले प्रदेश नं ५ को राजधानी बनाउनु पर्ने माग गरे । त्यस अवसरमा नेपालगञ्ज उद्योग वणिज्य संघले तयार पारेको ज्ञापनपत्र प्रवक्ता अभयकुमार बस्नेतले मन्त्री पौडेललाई हस्तान्तरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending