Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

राजधानीमा जार र बोतलको पानीमासमेत दिसाका जीवाणु

काठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले ललितपुर र भक्तपुरका पनि धाराको पानी नमुना संकलन गरेको थियो । तीमध्ये ७० प्रतिशतमा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले बताए । देशभर ६ सय ट्यांकर सञ्चालित छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पाँच सय आठ ट्यांकरलाई सूचीकृत गरेको छ । जम्मा १४ वटा ट्यांकरमा मात्र शुद्ध पिउने पानी हुन्छ, ५५ वटा ट्यांकरको पानी शुद्धीकरण गरेर मात्र पिउन सकिन्छ । बाँकी ट्यांकरको पानी लुगा धुन मात्र प्रयोग गर्न सकिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभर पानी प्रशोधन गर्ने पाँच सय उद्योग छन् । जार तथा बोतलको पानी सुरक्षित भनेर घरमा मात्र होइन, होटेलमा पनि प्रयोग गरिन्छ । तर, काठमाडौंमा संकलित नमुनामध्ये १५ प्रतिशत पानीमा जीवाणु भेटिए । चार महिनामा चार कम्पनीविरुद्ध सरकारले नै मुद्दा हालेको छ । राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन् । धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन् । सर्वसाधारणले पिउने जारको पानी सबैभन्दा बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ । खाजाघर, पानीपुरी पसलमा पिउनका लागि ग्राहकलाई दिइने जारको पानीमा दिसामा हुने हानिकारक जीवाणु इ. कोली र कोलिफर्म भेटिएकोे हो । वातावरण तथा जनस्वास्थ्य संगठन (इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन)ले चालू आर्थिक वर्षमा गरेको अध्ययनले पानीमा हानिकारक जीवाणु फेला पारेको हो । मनसुन सिजनमा संकलन गरिएको पानीको नमुनामध्ये जार र ट्यांकर, ढुंगेधारा र इनारको पानी सबैभन्दा बढी दूषित पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार जार, ट्यांकर, ढुंगेधारा र इनारको पानीको सतप्रतिशत नमुनामा इ. कोली र कोलिफर्म पाइएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गरिएको पानीमा तुलनात्मक रूपमा हानिकारक जीवाणु कम पाइएको थियो । लिमिटेडबाट वितरित पानीको नमुनामध्ये ५३ प्रतिशतमा मात्र इ। कोली र कोलिफर्म पाइएको थियो । पोस्ट मनसुन सिजनमा गरिएको अध्ययनले भने लिमिटेडबाट वितरित पानीमा धेरै समस्या पाइएको छ । धाराको पानीको नमुनामध्ये ६४ प्रतिशतमा हानिकारक जीवाणु भेटिएको थियो । २४ प्रतिशत ट्यांकरको पानी र १५ प्रतिशत जारको पानीमा इ। कोली र कोलिफर्म पाइएको थियो । पोस्ट मनसुनमा ढुंगेधारा र इनारको पानीमा हानिकारक जीवाणु नपाइएको प्रतिवेदनमा उल्लेख छ । मनसुन सिजनमा खाजाघरहरूमध्ये काठमाडौंका ७१ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए भने ललितपुरका २६ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यस्तै, काठमाडौंका ११ प्रतिशत र ललितपुरका १० प्रतिशतले ट्यांकरका पानी प्रयोग गरेको, धाराको पानी काठमाडौंका १७ र ललितपुरका ५५ प्रतिशत खाजाघरले प्रयोग गरेका थिए । त्यसैगरी ललितपुरका खाजाघरहरूमध्ये ४ प्रतिशतले धाराको र पाँच प्रतिशतले इनारको पानी प्रयोग गर्ने गरेको पाइयो । पोस्ट मनसुन सिजनमा जारको पानीको प्रयोग बढेको अध्ययनले देखाएको छ । पोस्ट मनसुनमा काठमाडौंका ७५ प्रतिशत र ललितपुरका ३५ प्रतिशतले जारको पानी प्रयोग गरेका थिए । त्यसैगरी काठमाडौंका १५ र ललितपुरका तीन प्रतिशत खाजाघरहरूले ट्यांकरको पानी प्रयोग गर्ने गरेको पाइयो । शुक्रराज ट्रफिकल सरुवा रोग अस्पतालमा कार्यरत भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार इ.कोली मानिस तथा जनावरको दिसामा पाइने जीवाणु हो । यस्ता जीवाणु भएको पानी पिएमा झाडापखाला लाग्छ । ‘कोलिफर्म पनि मान्छेको दिसामा पाइने घातक जीवाणु हो,’ डा पुनले भने, ‘यस्ता जीवाणु भएको पानी नउमाली पिएमा झाडापखाला, आउँ, जन्डिस, टाइफाइड, हेपाटाइटिस ‘ए’ ‘ई’ जस्ता रोग लाग्छन् ।’ संगठनले वर्षाअघि र पछि गरी दुई चरणमा अध्ययन गरेको थियो । अध्ययनको क्रममा काठमाडौंका खाजाघर र पानीपुरी पसलबाट मनसुन सिजनमा ९० र वर्षापछि ९पोस्ट मनसुन सिजन० ९३ वटा नमुना संकलन गरिएको थियो । ललितपुरबाट मनसुनमा ९७ र पोस्ट मनसुन सिजनमा ९१ वटा नमुना संकलन गरिएको थियो । काठमाडौं र ललितपुरका मुख्य चहलपहल हुने चोक र मुख्य सडकछेउका खाजाघर तथा सडकमा बेचिने पानीपुरीमा प्रयोग भएको पानीको नमुना परीक्षण गरिएको थियो । ‘उपत्यकामा प्रयोग हु“दै आएको पानी पिउनयोग्य छैन । पिउनुअघि पानीलाई राम्ररी उमाल्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने । होटेलमा मात्र नभएर राजधानीका घरहरूमा प्रयोग हु“दै आएको पानीमा पनि इ। कोली र कोलिफर्मजस्ता घातक जीवाणु पाइएका छन् । दातृ निकायको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा चालू आर्थिक वर्षको सुरुमा गरेको अध्ययनमा यस्तो देखिएको हो । जनस्वास्थ्यले तीन जिल्लाका एक हजार ३ सय ६७ घरबाट पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेको थियो । तीमध्ये करिब ७० प्रतिशत पानीका नमुनामा हानिकारक जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तत्कालीन प्रमुख रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । अध्ययनका क्रममा उपत्यकाका घरहरूमा प्रयोग हुँदै आएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरित पानी, जार र बोतलका प्रशोधित पानीको साथै ढुंगेधाराको पानीको समेत नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending