Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

माअोवादीका सांसदहरू अोलीबिरूद्ध खनिएपछि पार्टी एकता बारे प्रचण्डले गरे यस्तो खुलासा

काठमाडाैं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफिङ गराएका थिए । गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योग मन्त्री मातृका यादवलगायतका मन्त्रीहरुले बजेटबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले बजेटका विषयमा आफूसँग कुनै छलफल नगरेको मन्त्रीहरुको गुनासो थियो । यसैगरी सांसदहरुले पनि प्रधानमन्त्रीले बजेटमा एकलौटी गर्न खोजेको आरोप लगाए । आफ्ना सांसद र मन्त्रीले गुनासो गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग त्यसबारे छलफल गर्ने बताएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले बजेटको विषयमा आफ्नो पनि असन्तुष्टि रहेको बताउँदै आजै ओलीसँग छलफल गर्ने बताएका थिए । ओलीसँगको छलफल पछि पुनः संसदहरुलाई बजेटबारे उनले ब्रिफिङ गर्ने जनाएका छन् । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय दलका नेतासमेत रहेको प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारे । मिडियामा आएअनुसार चार बुँदे सहमति नभएको प्रचण्डले सांसदहरुलाई जानकारी दिए । ‘मिडियामा आएको समाचार जस्तो कुनै चार बुँदे सहमति भएको छैन । अहिले पनि हामी बराबरीको कुरामा छौं,’ प्रचण्डलाई उद्धृत गर्दै एक सांसदले पहिलोपोस्टलाई भने, ‘हामी तल परेर कुनै सहमति गर्दैनौं । सहमतिबारे तपाईँहरुलाई जानकारी गराइनेछ । केही मिडियाले तथ्य बंग्याएर गलत समाचार लेखेका छन् ।’ अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफलमात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डले बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending