Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

डा. उपेन्द्र देवकोटालाई नेपालकै आयुर्वेदिकले यसरि बचाउन सक्छ

काठमाडौं  । ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग गरेको कुराकानी । अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ? अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु । अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए  ? करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु । उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु । पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु ।  किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ । कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् । स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु । उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ? जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ । पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४र५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ । निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ? स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ । वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८र१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु । कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ? अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन । बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् । उपचारको लागि कहाँ–कहाँबाट आउछन् ? अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् । आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् । तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ? हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो । १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए । पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए । त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ । मान्छेहरुले नपत्याउला रु अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन । अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ? मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७र१८ वर्ष भयो । अहिले म उमेर ४७र४८ वर्षको भइसकेँ । सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय । त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४र०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् । तपाईको भावी योजना के छ ? ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १० र २० करोडको राम्रै अस्पताल बनाउने सोच छ । अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५र२० दिन केही हुँदैन । त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो । -बिकासन्युजबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending