पर्सा, १९ वैशाख । दाइजोरुपी दानवले फेरि पर्सामा एक युवतीको प्राण हरण गरेको छ । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ ।
यही वैशाख १८ गते बिहान ९ बजे देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । अन्जुम देवरको कोठामा गई आप्mनै दुपट्टाले पासो लगाई आत्महत्या गरेको ससुराली पक्षले प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरीले अन्जुमको शव भुइँमा रहेको अवस्थामा फेला पारेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । घटनाको अनुसन्धान गर्दै जाँदा ससुराली पक्षले दिएको जानकारी र घटनाको प्रकृति फरक भेटिएपछि अनुसन्धानका लागि तीन महिला र एक पुरुष गरी चारजनालाई नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार अन्जुमको शव फेला परेको कोठा खुल्ला रहेको, अन्जुमले लगाएको चुरा उनकै कोठामा फुटेर छरिएको अवस्थामा फेला परेको, अन्जुमको घाँटीमा परेको डाम शंकास्पद देखिनाका साथै ससुराली पक्षले घटनाबारे दिएको बयान र घटनास्थलको प्रकृति मेल नखाएपछि आवश्यक अनुसन्धानका लागि अन्जुमका ससुरा कमरुदिन फकिर, सासू हुसना खातुन, नन्द अंगुरी खातुन र फुफू सासू जमिला खातुनलाई नियन्त्रणमा लिइएको हो । पाँच महिना अगाडि रोजगारीका लागि कतार गएका अफरोजले यही १६ गते फोन गरी बुलेट मोटरसाइकल माग गरेको र नदिए राम्रो नहुने चेतावनी समेत दिएको अन्जमुका आमा रोशन जहाँले जानकारी दिए । उनले घटनाभन्दा एक दिन अगाडि अन्जुमले फोन गरी मोटसाइकल नदिएका कारण ससुराली पक्षले आफूलाई धेरै दुःख दिएको गुनासो गरेको पनि बताए । अठार महिनाअघि अफरोजसँग अन्जुमको विवाह गर्दा भारु दुई लाख ५० हजार नगद र एउटा भैंसी दाइजो दिएको अन्जुमका पिता भारत विहार रमगढवा थाना पलनवा गाउँ निवासी मुस्तकिम देवानले जानकारी दिए । उनले विवाह भएको पाँच/छ महिनापछि नै थप दाइजोको रुपमा बुलेट मोटरसाइकलको माग गर्दै छोरीलाई कुटपिट गर्दैआएको र एक वर्ष अगाडि सो विषयलाई लिई इस्लामपुरमा भद्रभलादमीलाई राखी पञ्चायती समेत गरेको बताए । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज अन्जुमको शव परीक्षणपछि शव माइती पक्षलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । उनका अनुसार घटनाबारे थप कुरा बुझ्न अन्जुमका श्रीमान् अफरोजलाई नेपाल फिर्ता आउन आग्रह गरिएको छ । चालु आर्थिक वर्षको गएको दश महिनामा पर्सा जिल्लामा दाइजोकै कारण प्रताडणा खेप्न नसकी २६ जना महिलाले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: