Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस बैठकमा शीर्ष नेताको रस्साकस्सी, कसले के भने ?

काठमाडौं । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आक्रामक रूपमा प्रतिवाद गरेका हुन् । बुधबारको बैठकमा देउवा पक्षधर नेताहरूले रामचन्द्र पौडेलले केही समयअघि पेस गरेको चारपन्ने आरोप र मंगलबार युवा नेताहरूले पेस गरेको प्रस्तावका बुँदामाथि आपत्ति जनाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलले पेस गरेको प्रस्तावको भाषा उनको राजनीतिक उचाइसुहाउँदो नभएको टिप्पणी गरे । चारपन्ने आरोपमा पौडेलले गुटको भरणपोषण गरेको, पैसाको राजनीति गरेको, कार्यकर्तालाई कांग्रेस जिन्दावाद होइन, शेरबहादुर जिन्दावाद भन्न सिकाएको विषय समेटेका थिए । महेश आचार्यले चुनावमा देउवा एक्लैले टिकट नबाँढेको भन्दै परिणामको जस–अपजस सबैले लिनुपर्ने बताए । डा। प्रकाशशरण महतले मंगलबारको लिखित प्रस्ताव सभापतिलाई मात्र दोषी देखाउने गरी आएको भन्दै आपत्ति जनाए । पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतले दोष मात्रै थुपारेको, तर सही बाटो देखाउन नसकेको उनको टिप्पणी थियो । शंकर भण्डारीले पार्टीका संरचना र निकायलाई अब विधानतः सभापतिले चाँडै पूर्णता दिनुपर्ने बताए । उनले सभापतिलाई मात्रै लखेटेर पार्टी राम्रो नबन्ने धारणा राखे । १० दिन बसिसकेको बैठक अझै केही दिन लम्बिने भएको छ । ६६ केन्द्रीय सदस्यले बोलिसकेका छन् भने अब बाँकी केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्वपदाधिकारी बोल्न बाँकी छ । बैठकको निर्णय लेख्न प्रवक्ता विश्वप्रकाश शर्मा र पौडेल पक्षबाट नवीन्द्रराज जोशीसहितका नेतालाई जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । निर्णय लेख्नुअघि आफूहरूको भावना, आवाज र कार्यक्रम समेट्न पौडेल र सिटौला पक्षले देउवालाई दबाब दिइरहेका छन् । कसले के भने ? राम्रो कामको पनि चर्चा गर्रौंः डा. प्रकाशशरण महत सभापतिलाई मात्र दोषी देखाउने गरी लिखित प्रस्ताव आएका छन् । उहाँलाई मात्रै दोष दिने र कराउने तरिका ठीक भएन । सभापतिलाई दोष थोपरेर ल्याइएको लिखित प्रस्तावले बाटो देखाउँदैन। गुट होइन, पार्टी बनाउन प्रतिस्पर्धा गरौँः शंकर भण्डारी पार्टीमा काम गरेका साथीहरूको मूल्यांकन गरेर जिम्मेवारी दिऔँ । सधैँ अवसर पाएकाहरूले फेरि पनि अवसरका लागि लोभ नगरौँ । पार्टी बलियो बनाउन सबै लागौँ । सभापतिलाई लखेट्ने काम मात्र नगरौँ । रामचन्द्रजी उचाइ सुहाउने भाषा भएनः विमलेन्द्र निधि तपाईंको उचाइको नेताले यो हदसम्मको भाषा भएको प्रस्ताव ल्याउन हुने थिएन । पार्टीभित्रका विषय छताछुल्ल हुने गरी अझै भ्रामक शैलीमा प्रचार गर्नु राम्रो होइन । सच्याउनुभएन भने इतिहास र नयाँ पिँढीले हामीलाई सराप्नेछ । सभापतिलाई मात्रै सराप्न मिल्दैनः महेश आचार्य हामी सबै बसेर टिकट दिएका हौँ । टिकट दिएपछि हारको जस–अपजस सबैले लिनुपर्छ । पार्टीको पराजयको कारण अन्तर्घात पनि हो । अब यही ढर्राले पार्टी चल्दैन । नयाँ सोच र एकढिक्का बनाएर पार्टीलाई अघि बढाऔँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending