Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एमालेले त्यसो गरेन भने प्रचण्डले भनेजस्तै एकता ड्याम्मै हुन्छ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फेरि एकीकरणको उधारो प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवसको अवसर पारेर पार्टी एक हुने आशा तुषारापात हुन पुग्यो । चुनाव अगाडि बनेको गठबन्धन चुनावमा साझा उम्मेदवार उठाउँदै आए र अहिले संयुक्त सरकार छ । एमाले र माओवादीको एकीकरणले न औपचारिकरुप पाउन सकेको छ, न एकीकरणको अर्को मितिबारे ठोस आश्वासन । यसै सन्दर्भमा  नेकपा माओवादी केन्द्रका नेता हरिबाेल गजुरेलसंग गरेको कुराकानी : एमाले – माओवादी पार्टी एकतामा किँन आलटाल भइरहेको  ? नेपाली राजनीति र त्यसमा पनि एमाले नेताहरुमा एक खालको सहमती गर्ने र त्यसमा अडिग रहिरहन नसक्ने वा त्यसको कार्यन्वयनमा उदासिन रहने प्रवृति विगतमा पनि देखिएको थियो । फेरि विगतको परिस्थिति र अहिलेको पार्टी एकिकरणको परिस्थिति एकै त होईन, तर पनि प्रवृति र पात्र नफेरिँदा त्यस्तै समस्या दोहोरिनु स्वभाविक हो । हामीबीचमा भइरहेको पनि यहि नै हो । यसको अर्थ दुई पार्टीका बीचमा रहेका अविश्वास हटिसकेको छैन… खासगरि एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा जाँदा सम्मानजनक एकता गर्ने , संगठनात्मक संरचनामा समानता कायम गर्ने भन्ने सहमती गर्नु भो, केहि सिट तलमाथी हुन सक्छ तर यसको यति प्रतिशत नभन्ने र दुबै पार्टीका संगठनलाई समानताका आधारमा एकीकरण गर्ने भन्ने बिषयमा माओवादी अध्यक्ष प्रचण्ड पनि सहमत हुनु भो र बैशाख ९ गते ने पार्टी एकता गर्ने तयारी गरियो । उहाँहरुका सार्वजनिक अभिव्यक्तिबारे थाहा पाउनु भएकै छ, मैले भनिरहनु परेन । उहाँहरुले ९ गते नै एकता हुन्छ पनि भन्नु भो । तर पछि पार्टीबाट दवाव आयो भन्दै एमाले अध्यक्ष ओली नै पछाडि हट्नु भो र नयाँ प्रस्ताव ल्याउनु भो कि माओवादी केन्दलाई एक तिहाई दिएर मात्रै एकिकरणमा जाने भनेर । अब हामीलाई एक  तिहाई दिने भनेर अलिकति होच्याउने काम भयो । यो बिषय छिपेको छैन् । प्रतिशतमा एकता गर्नु हुँदैन, भावनात्मक एकता गर्नुपर्छ भनेर हामी लाग्ने तर एमालेले चाँही माओवादीलाई एक तिहाई भन्दा बढि दिन सकिँदैन भन्ने, यो त मिलेन नी यहि कारण पार्टी एककिकरणमा ढिलाई भएको हो । यो बिषयमा एमालेभित्रै धेरै बहस र छलफल गर्नुपर्ने देखिन्छ । माओवादी भित्र त्यस्तो समस्या छैन् तर एमालेले दम्भ देखायो, उनीहरुले ठूलो पार्टी भएको भन्दै आफ्नै नीति, आफ्नै मान्यता, संगठनमा आफुहरुकै बर्चस्वको सुनिश्चितता खोज्नु भो । भनेपछि एमाले – माओवादी केन्द्रको बाटो फरक हुँदै छ … मैले ठ्याक्कै त्यसो भन्न खोजेको होईन । दुबै पार्टी एकताबाट उम्किन सक्ने अवस्थामा छैनन् । हामीले चुनावमा बाचा गरेका छौँ । हामीलाई प्राप्त भोट पार्टी एकिकरणका लागि पनि हो । जनमतलाई भुल्यौ भने त त्यसले गम्भिर परिणाम ल्याउन सक्छ । तर भएको के हो भन्ने त प्रष्ट भन्नु पर्यो नी । समस्या आफु खडा गरेर अरुलाई दोष दिएर त भएन नी । दुई अध्यक्षले एक हुने संकल्प गर्नु भएकै छ । विवादित बिषयमा पनि सहमती उहाँहरु नै खोज्दै हुनुहुन्छ, भनेपछि एकिकरण नै नहुने अवस्थामा पुग्यो भन्न त मिलेन नी , तर परिस्थिति विगार्ने काम भने पक्कै भएको छ । हिजोको व्यानरकाण्ड पनि त्यसैको उपज हो की उसो भए ? हैन, त्यो प्रावधिक बिषय हो । व्यानर बनाउनेले ख्याल गर्नुपर्ने बिषय हो ख्याल गरेनन । त्यसको पनि अर्थ हुन्छ र छ तर पार्टी एकताको समग्र बिषयमा भइरहेको बिषयसंग जोडेर हेर्नु हुन्न । कतिपयले टिप्पणी गरेका छन्, तर म त्यो पक्षमा छैन् । माओवादीले नै आधा आधा हिस्सा खोजेकाले समस्या भएको एमालेहरुको तर्क छ नि  ? मैले अघि नै भने नि, कि एकता सम्मानजनक हुने हो न की यति प्रतिशत वा उति प्रतिशत , माओवादी एमालेमा विलय हुन जान लागेको हो र ! होईन नी । हामीलाई एक तिहाई दिने रे , यस्तो भनेर समस्या सुल्झिन्छ कि बल्झिन्छ । हामीले समानताका आधारमा एकता गर्ने भनेका हौँ । आधा भनेका छैनौँ, केहि तलमाथी हुन सक्छ तर आफु हेपिएको महसुस गर्न त भएन नी । पार्टी एकता गर्न लागेको हो कि माओवादीलाई एमालेमा विलय गराउन खोजेको हो एमाले भित्रै छलफल हुन आवश्यक छ । प्रचण्डले मिति तोकेको दिन नभएर अरु कुनै दिन पार्टी एकता ड्याम्मै हुन्छ भनेका छन .. पार्टी एकता त ढिलो चाँडो हुन्छ तर एमालेले हामीलाई गलाएर मात्रै एकता गर्न खोजेको जस्तो देखिन्छ । त्यसो भएन भने ड्याम्मै एकता हुन्छ । भनेपछि एमालेले माओवादीलाई गलाउन खोज्यो र  पार्टी एकता सरिरहेको छ ? उहाँहरु ठूलो पार्टी हुनुहुन्छ । विगतमा हामी पनि ठूलो पार्टी थियौँ नी । पार्टी सानो र ठूलो त भइरहन्छ नी तर एकतामा तत्काललाई मात्रै हेरेर पुग्दैन । राष्ट्रिय राजनीति, परिवर्तनका मुद्धाहरुमा पार्टीहरुको योगदान र अस्तित्वलाई पनि ख्याल गर्नुपर्छ भन्ने मात्रै हो । केपी ओलीले जुत्ता नमिले खुट्टा तासेर पनि मिलाउनुपर्छ भनेका छन्, अब खुट्टा कसले तास्ने हो ? पार्टी एकताका लागि दोष थोपरेर मात्र पनि हुँदैन, जिम्मेवार भएर आफ्ना अभिव्यक्ति दिनुपर्छ । उहाँले खुट्टा तास्ने कुरा आफैँलाई पनि भन्नुभएको हो र अन्यलाई पनि होला भन्ने मेले बुझेको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending