Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जय ललिताको मुद्दामा सोमबार फैसला हुदै

बैंगलोर, भारतीय राजनीतिक जगतमा एकजना चर्चित नेत्री जयललिता जयरामको मुद्दाको फैसला सोमबार हुने भएको छ ।

उनी गएको सेप्टेम्बर महिनामा थुनामा परेकि थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको भ्रष्टाचारको मुद्दामा उनी दोषी पाइएकी थिइन् ।

तरपनि उनको सो मुद्दामा अन्तिम फैसला भएको छैन र उनलाई सजाय पनि सुनाइएको छैन । सोमबार उनको मुद्दाको बारेमा फैसला हुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमहरुकाअनुसार उनी जेल बस्नुपर्ने वा के कतिमात्रामा सजायको भागीहुनुपर्ने हो भन्ने बारेमा आज फैसला हुने छ ।

उनलाई गएको सेप्टेम्बर महिनामा प्रारम्भिक रुपमा चार वर्षको जेल सजाय सुनाइएको थियो । तर उनले भने त्यसका विरुद्धमा अपिल गरेकी थिइन् ।

उनले आफुलाई राजनीतिक विचारका आधारमा आरोप लगाइएको भन्दै यसका विरुद्धमा अभिव्यक्ति दिँदै आएकी छिन् । उनले अकुत सम्पत्ति कमाएको आरोपमा उनलाई बिगोबमोजिमको जरिवानासहित चार वर्षको जेल सजाय सुनाएको थियो ।

गएको करिब दुई दशकसम्म विवाको विषय रहेको सो मुद्दामा आज गरिने फैसला अर्थपूर्ण हुने बताइएको छ । भारतीय फिल्म जगतकी पूर्व कलाकार समेत रहेकी जयललिताको बारेमा सोमबार गरिने फैसलाको निकै चासो लिइएको समाचारमा जनाइएको छ ।

भारतको दक्षिणी राज्य तामिल नाडूकी मुख्यमन्त्री रहेकी जयललिता गत सेप्टेम्बर महिनामा दोषी पाइएपछि आफ्नो पदबाट राजिनामा दिन बाध्य भएकी थिइन् ।

तामिल नाडूमा निकै ठूलो लोकप्रियता कमाइरहेकी ६७ वर्षीया यी राजनीतिज्ञको राजनीतिक भविश्य सोमबारको फैसलाले निर्धारण गर्ने जनाइएको छ ।

उनी त्यस क्षेत्रमा र आफ्नो पार्टीमा पनि लोकप्रिय थिइन् । उनलाई त्यहाँका जनताले आमा भनेर सम्बोधन गर्ने गरेका छन् । उनी आफ्नो पार्टीमा लोकप्रिय भएकोले नै उनलाई भ्रष्टाचारमा दोषी पाइएको कयौं समयसम्म उनले नै पार्टीको नेतृत्व लिइरहेकी थिइन् ।

प्रहरीले आज उनलाई अदालतमा ल्याउन लागेकोले सो क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारेको बताएको छ । उनका हजारौँ कार्यकर्ताले उनको समर्थनमा जुलुश निकालीरहेका छन् ।

उनीहरुले जयललिताको पक्षमा नाराबाजीगर्दै उनी निर्दाेष रहेको बताइरहेका छन् । साथै उनीहरुले राजनीतिक आश्थाका कारण उनीमाथि मुद्दा लगाइएको बताएका थिए ।

प्रहरी अतिरिक्त कमिसनर आलोक कुमारले उनलाई अदालतमा ल्याउने क्रममा कुनै अप्रिय घटना नहोस भनेर सो अदालत बाहिर निकै नै कडा मात्रामा प्रहरी व्यवस्था गरेको र अदालतलाई घेरामा हाली सयौँ प्रहरी खटाइएको जानकारी दिए ।

उनको सुुनुवाई हुन लागेको चेन्नई अदालत तथा चेन्नई सहरकै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । उनको पक्षमा चेन्नई सहरभरि सोमबार समर्थनमा जुलुश निस्किएका छन् ।

उनले लामो समयदेखि तामिल नाडूको मुख्यमन्त्रीका रुपमा पदमा रहेकी र आफु सत्तामा रहँदा अकुत सम्पत्ति कमाएको भन्दै सो बारेमा परेको मुद्दामा दोषी पाइएको बताइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies