Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

एमाले नेता घनश्याम भुसाल भन्छन्-समृद्धिको ज्वरो मोदीवाद र ट्रम्पवाद हुन सक्छ, मार्क्सवाद हैन

\"\"काठमाडौं  । एमाले उपमहासचिव घनश्याम भुसालले श्रमजीवी वर्गलाई रेल र समृद्धिले नजोडे प्रत्युत्पादक हुने तर्क गरेका छन्। नेपाल अध्ययन केन्द्रले राजधानीमा शुक्रबार गरेको कार्यक्रममा उनले भने, ‘अहिले विकास र समृद्धिको ज्वरो आएको छ। प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ तर त्यो जहाजले हाम्रा सिमान्त श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ सोचिएन भने त्यहाँ मार्क्सवाद विचलित हुन्छ। यहाँनेर मार्क्सवाद रहँदैन। मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्को वाद हुन सक्छ तर मार्क्सवाद हुँदैन।’ अाजको अन्नपूर्णमा खबर छ-भुसालले समृद्धिको ज्वरोका कारण धेरै मान्छे त्यसबारे तर्क गर्न डराएको बताउँदै समृद्धि कसका लागि सञ्चारमाध्यम र बुद्धिजीवीले छलफल गर्नुपर्ने बताए। उनले भने, ‘कसैले त्यो विकासको लाठोले हिर्काएर मूर्छा पारिदिन्छन् कि भनेर मान्छेहरू डराएका छन्।’ उनले सिद्धान्त र इतिहास सकिएपछि राजनीतिले पपुलिज्मको बाटो लिने तर्क गरे, ‘पपुलिज्ममा केही झुण्ड अगाडि आउँछन्। गुटहरू अगाडि आउँछन्। गुटका नायकहरू अगाडि आउँछन्। र, जुन दिन ती गुटले काम गर्न छाड्छन्, देश र राजनीति ध्वस्त हुन्छ।’
\'अहिले विकास र समृद्धिको ज्वरो आएको छ। प्रशान्त महासागरमा जहाज चलाउनुपर्छ तर त्यो जहाजले हाम्रा सीमान्त       श्रमजीवी वर्गका मानिसलाई के योगदान गर्छ सोचिएन भने त्यहाँ मार्क्सवाद विचलित हुन्छ। यहाँनेर मार्क्सवाद रहँदैन, मोदीवाद हुन सक्छ, ट्रम्पवाद हुन सक्छ, अर्को वाद हुन सक्छ तर मार्क्सवाद हुँदैन।
एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाले–माओवादीभित्र सैद्धान्तिक असंगति रहेको र पार्टी एकतापछि पनि असंगति कायमै रहने बताए। उनले भने, ‘एमाले अलि अग्रगामी छ, माओवादी अलिकति केही स्टेप पछाडि छ। अब एउटै लेबलमा आउनुप‍¥यो।’ उनले एमाले–माओवादी दस्ताबेजमा गम्भीर असंगति देखिएको बताए। मार्क्सवादी अध्येता डा.खगेन्द्र प्रसाईंद्वारा प्रस्तुत दस्ताबेजमा टिप्पणी गर्ने क्रममा उनले भने, ‘केचाहिँ प्रस्ट छ भने नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो, यसमा दुवै पार्टी एकै मतमा आइपुगेका छन्।’ प्रसाईंले एमाले–माओवादीमा समाजको अवस्था परिभाषित गर्ने क्रममा गम्भीर असंगति देखिएको निचोड निकाल्दै भने, ‘क्रान्तिकारी र ऐतिहासिक निष्कर्ष भनेर दाबी गरिएको एमाले–माओवादी दस्ताबेज दुवैमा गम्भीर र हास्यास्पद असंगति छन्। ती असंगति ठीक नगरी, समाज कस्तो पुँजीवादी हो व्याख्या नगरी, वर्ग पहिचान नगरी विकास र समृद्धिका कुनै पनि एजेन्डाको अर्थ छैन।’ उनले देशमा कलकारखाना नरहेकाले हाम्रो समाजमा पुँजीवाद छैन भनेर व्याख्या हुने गरेको तर्क गरे। उनले भने, ‘त्यसैले हामी सामन्तवाद सकियो र पुँजीवाद प्रारम्भिक चरणमा छ भन्छौं, जुन गलत हो।’ एमाले पोलिटब्युरो सदस्य डा.विजय पौडेलले समाज दलाल पुँजीवादी रहेको उल्लेख गरे। पुँजीवादको व्याख्या गर्दा युरोपको औद्योगिक पुँजीवाद मस्तिष्कमा राखेर व्याख्या गर्दा असंगति देखिएको उनको तर्क थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending