Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अमेरिकी नेतृत्वमा सिरियामा हमलाः कसको समर्थन, कसको बिरोध ?

\"\"काठमाडौं । अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको छ । सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ । अमेरिकी गठबन्धनले प्रहार गरेका १०३ मध्ये ७१ क्षेप्यास्त्र सिरियाली सेनाले खसालेको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । मिसन सानदार रूपमा पूराः डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति गत रातिको हमला असाधारण रूपमा सम्पन्न भएको छ । असाधारण विवेक र सैनिक शक्तिका लागि संयुक्त अधिराज्य बेलायत र फ्रान्सलाई धेरैधेरै धन्यवाद । विकल्प योभन्दा अर्को थिएन । मिसन सानदार रूपमा सफल भएको छ । बेलायतको साझेदारी बेलायतकी प्रधानमन्त्री थेरेसा मेले सिरियामा सेना परिचालनको विकल्प नभएको भन्दै कारबाहीमा बेलायत संलग्न भएको पुष्टि गरेकी छिन् । सो कारबाही सिरियामा ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारेकी छिन् । हमलाले सिरियाली नागरिकलाई रासायनिक अस्त्रहरूबाट जोगाउने दाबी प्रधानमन्त्री मेले गरिन् । इजरायलले गर्‍यो स्वागत हमलाको इजरायलले स्वागत गरेको छ । ‘सिरिया घातक गतिविधिमा संलग्न भइरहेकाले उसमाथिको आक्रमण अपरिहार्य थियो, यो हमलाको हामी स्वागत गर्छौँ । सिरियाली सत्तालाई ठेगान लगाउने उपाय यही हो,’ इजरायली विदेश मन्त्रालयको विज्ञप्ति । परिणाम भोग्नुपर्नेछः भ्लादिमिर पुटिन, रसियन राष्ट्रपति पूर्वनिर्धारित योजनाअनुसार हमला भएको छ । यसको परिणाम सम्बन्धित सबैले नभोगी सुख हुनेछैन । अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनविपरीत सिरियामा आक्रमण भएको छ । हामी राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकको माग गर्दछौँ । चीनद्वारा हमलाको विरोध चिनियाँ विदेश मन्त्रालयले भनेको छ–अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोगको चीनले विरोध गर्दै आएको छ । हामी कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको स्मरण गराउन चाहन्छौँ । बल प्रयोगले समस्या समाधान गर्नेछैन, कानुनको दायरामा फर्किन सबैलाई आग्रह गर्दछु । इरानले गर्‍यो विरोध म खुला रूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्र«पति र बेलायतका प्रधानमन्त्री अपराधी हुन्, यो अपराध तत्काल रोक्न दबाब दिनका लागि मुस्लिम देश र विश्व एकजुट हुनुपर्छ । इरानका सर्वोच्च नेता आयातोल्ला खमेनी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending