Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पोखरा आन्तरिक पर्यटकले भरिभराउ

\"\"पोखरा । नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । ‘नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्’, लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्म पन्थीले भने, ‘नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’ यो विदेशी पर्यटक आउने मौसम पनि भएको बताउँदै पन्थीले नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा विद्यालयमा एउटा शैक्षिक वर्षको समाप्ति र अर्को वर्षको आगमनको बीच भएका कारण पनि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको बताए। विगत १४ वर्ष सम्पन्न भइसकेको फेवा नव वर्ष महोत्सवको यस वर्ष १५औँ शृङ्खला सञ्चालन भइरहेका कारण पनि पोखरामा नयाँ वर्ष मनाउन आउनेले यसको भरपुर मनोरञ्जन लिएका छन् । तालैतालको शहर पोखरामा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र तीनतारे होटेल १४ र अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए। उहाँका अनुसार सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको छ । भूकम्पअघि पोखरामा वार्षिक छ लाख ५० हजार पर्यटक आउने गरेकामा भूकम्पका कारण अघिल्ला वर्ष उक्त संख्यामा कमी आए पनि तिनको आगमन पूर्ववत् अवस्थामा आउन लागेको छ । पोखरामा माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालका साथै दृश्यावलोनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूपजस्ता ठाउँ छन् । पोखराका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका पर्यटकीय गन्तव्य हुन् । यी स्थलका अतिरिक्त लेखनाथ क्षेत्रमा वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरे पनि यहाँका महत्वपूर्ण स्थल हुन् । पर्यटकको बसाइ लम्ब्याउने गरी तयार गरिएका पूर्वाधार विकासको क्रम पनि पोखरामा बढिरहेको नेपाल एजेन्सिज अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ वर्षको आगमनसँगै पोखरा केही दिनयता चहलपहलमय भएको छ । ‘केही दिनयता पानी पर्नेलगायतका कारणबाट पर्यटकले केही असहज महसुस गरे पनि पानी पर्ने क्रम बढिरहेका कारण यहाँको वातावरण चिसो बनेको छ’, होटल पोखरा बाटिकाका सञ्चालकसमेत रहेका पोखरेलले भने, ‘नयाँ वर्षमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने आन्तरिक पर्यटकको सोच बढेका कारण पनि प्रत्येक नयाँ वर्षमा यो स्थल पर्यटकले खचिखचाउ बन्ने गरेको छ ।’ पोखराको पर्यटनको विकाससँगै आसपासका क्षेत्रमा घरबास पर्यटन पनि तीव्ररुपमा बढेको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० पोखराका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए। ‘पोखरामा बढ्दै गएका पर्यटकीय गतिविधिका साथै नयाँ वर्ष पोखरामा मनाउन आउने पर्यटकका कारण यहाँका होटेल एक हप्ताअघिदेखि नै बुकिङ भएका छन्,’ लेकसाइडस्थित राज होटेलका सञ्चालकसमेत रहनुभएका पौडेलले भने । पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी, भद्रकालीजस्ता धार्मिकस्थलमा दर्शन गर्न आउने धार्मिक पर्यटकको संख्या पनि उत्तिकै बढ्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending