Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बैशाख ९ मा हुने भनिएको एकता टर्दै , कार्यशैली निरंकुश भएको चर्चा

\"\"काठमाडौं । भारत भ्रमणमा जाने दिन पारेर प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकैपटक सरकारका ३० सचिवहरुको सरुवा गरिदिए । यो सरुवा न कुनै क्याविनेटको बैठकले गरेको थियो न त सत्तासाझेदारसँग कुनै छलफलबाट नै । अचम्म त सचिवहरुको सरुवाबारे मन्त्रीहरु नै बेखबर थिए । सचिव सरुवाको ओली शैलीबाट माओवादीका मन्त्रीहरु झस्किए र आफ्नो पार्टी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’कोमा रिपोर्ट गर्न पुगे । रिपोर्ट गर्न आफुसँग आएका मन्त्रीलाई अध्यक्ष प्रचण्डले ‘म ओली जी सँग कुरा गर्छु त भने तर उनी आफै ओलीको कार्यशैलीबाट झस्किएका थिए । बुधबारका लागी निर्धारित एकता संयोजन समितिको बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी परेपछि हुन सकेन । तर एमालेका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्ड विरामी नपरेको र बैठक बसेकै भएपनि एकता निष्कर्षमा पुग्ने थिएन । एकताका लागी नमिलेका विषयहरुबारे प्रगति नहुनु त छँदै थियो तर अहिले सरकार संचालनमा ओलीको एकलौटी कार्यशैलीले दुरी झन बढाएको छ । आफुलाई लागेको विषयमा एकदमै लचक हुने गरेका माओवादी अध्यक्ष प्रचण्ड त्यतिबेला एकदम कठोर देखिए जतिबेला ओलीले आफ्ना शिर्ष नेताहरुसँग एकता ७०/३० को अनुपातमा हुने ब्रिफिङ् गरेको थाहा पाए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले बराबरीको सिदान्तका आधारमा एकता हुने भनि सार्वजनिक रुपमै भन्न थाले । एमाले अध्यक्ष ओलीले ७० एमाले र ३० प्रतिशत माओवादी हुनेगरी एकता हुन्छ भनेर ब्रिफिङ् गर्नु, ओलीले निकटष्थहरुसँग ‘जनयुद्द आंतकवाद नै हो मान्य हुँदैन’ भन्नु, सरकार संचालनका विषयमा प्रचण्डसँग सल्लाहा नगर्नु र चीनसँगको सम्बन्ध बिग्रनेगरी भारतसँग रेल सम्झौता गर्दै भारतसँग झुक्ने रबैयाले माओवादीलाई तर्साएको छ । बराबरीको आधारमा संगठन, विधानको प्रस्तावनामा जनयुद्ध र मित्रराष्ट्रहरुसँगको समदुरीको सम्बन्धबारे कुरा नमिलेसम्म एकता सम्भव नभएको माओवादीका एक नेता बताउँछन् । बैशाख ९ को एकता के हुन्छ भनि गरेको प्रश्नमा ति नेता भन्छन्– ‘माथिका विषय मिले हुन्छ, नमिले हुँदैन । किनभने माओवादी यो भन्दा पछि हट्ने ठाउँमा छैन । एमाले तयार भैहाल्ने अवस्था पनि म देख्दिन ।’ उसो त पछिल्लो समय माओवादी वृतमा एकतामा नहतारिन प्रचण्डलाई दवाव पर्न थालेको छ । ओली सत्तामा गएपछि निरकुंश हुने गरेका यसअघिका घटनाबाट देखिएकोले ओली एकताका लागी लचक हुन नसक्ने माओवादीको बुझाई छ । नेकपा एमालेमा अध्यक्ष निर्बाचित भईसकेपछि ओलीले पार्टी संचालनमा जसरी मनखुशी र मनोपली गरे सोही रबैया मओवादीसँग पनि गर्न थालेपछि माओवादीका केन्द्रीय नेताहरु ओलीसँग आशंकित मात्रै छैनन् उनको निकुंश कार्यशैलीसँग नझुक्ने अडानमा समेत देखिन्छन् । तलमाथि हुन्न, जनयुद्ध महान भन्नुपर्छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्पष्ट अडानमा छन् । उनले आफ्ना नेताहरुसँग पार्टी एकताबारे प्रष्ट भन्ने गरेका छन् –कि संगठनात्मक रुपमा १ जना पनि तलमाथि हुन्न र जनयुद्धलाई महान भनिनुपर्छ । संगठनात्मकरुपमा सम्झौता नगर्ने मुडमा रहेका प्रचण्डले एकतापछि ओलीले बहुमत लगाएर निरकुंश हुने अवस्थाको हेक्का गरेको देखिन्छ । एकताबाट पछि नहट्ने माओवादी अध्यक्ष प्रचण्ड एकताबाट पछि भने नहट्ने भएका छन् । उनी आफुले भनेजस्तै बराबरीको सिदान्त र जनयुद्धका विषयमा ओलीलाई मनाउन सकिन्छ भन्ने बुझाईमा रहेको माओवादी नेताहरु बताउँछन् । –‘ढिला भएपनि ओलीलाई मनाउन सकिने बुझाइमा अधयक्ष हुनुहुन्छ’ । बैशाख ९ मा असम्भव जस्तै यसअघि एकताका लागी निर्धारित मिति बैशाख ९ मा एकता असम्भव जस्तै बनेको छ । एकताका लागी सिदान्त् मुख्य कुरा भएपनि संगठन झन जटिल कुरा हो । माओवादी र एमाले नेताहरुबिच सगठनको चुरो कुरो नमिलेपछि बैशाख ९ को एकता टर्दै जान थालेको हो । माओवादीका एक नेता भन्छन्– एमालेले बराबरीको सिदान्त्मा संगठनात्मक एकता र विधानमा जनयुद्ध मान्न तयार भएमत्रै तोकिएको मितिमा एकता हुन्छ नत्र हुँदैन । माओवादी यो भन्दा लचक हुन सक्दैन । छलफल चल्दै गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending