Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपालटारमा नक्कली प्रमाणपत्र बनाउने अड्डाः १५ सयदेखि ४ लाखसम्ममा विक्री

\"\"काठमाडौं । काठमाडौंको नेपालटार स्थित एक घरमा नक्कली नक्कली कागजात बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीले दिने चालचलन रिपोर्टदेखि शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना भेटिएको हो । कारखानबाट नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीलेनियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाका अनुसार सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा पक्राउ परेका छन् । बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेको खुलेको छ । उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको प्रहरीले बताएको छ । राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जानकारी दियो । शाखाका अनुसार ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेको पाइएको छ । राउतले नक्कली कागजात १ हजार पाँच सय देखी ५ हजार मुल्यमा विक्री गर्थे भने बिचौलियाको रुपमा अर्जुन अधिकारीले चार लाखसम्ममा विक्री गर्ने गरेको पाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending