Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जनप्रतिनिधिद्वारा नै सूचनाको हक कार्यान्वयनमा बेवास्ता

\"\"काठमाडौं । भ्रष्टाचार न्युनीकरण र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण औजारका रुपमा रहेको सूचनको हक कार्यान्वयन गर्न जनप्रतिनिधिहरूले नै आनाकानी गरिरहेको एक अध्ययनले देखाएको छ । लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा अहिले जनप्रतिनिधिले नेतृत्व गरिरहे पनि उनीहरूले सूचनाको हक कार्यान्वयनमा चासो देखाएको देखिँदैन । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमले करिब सात महिना लगाएर तयार गरेको एक प्रतिवेदनअनुसार मुलुकभरका ७५३ स्थानीय तहमध्ये १९८ ले मात्र सूचनाको हकलाई आत्मसात गरेका छन् अर्थात सूचना मागको निवेदनलाई सम्बोधन गर्ने गरेका छन् । स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी तथा नागरिक तथा स्थानीय सरकारबीच एक–आपसमा विश्वासिलो र रचनात्मक सहभागिताको वातावरण बनोस् भन्ने सदीक्षा राखी देशका सबै स्थानीय तहको कार्यपालिका कार्यालयसँग सूचनाको हक कार्यान्वयनमा सहकार्य गर्न खोजिए पनि उनीहरूले त्यसलाई अस्वीकार गर्न खोजेको देखिन्छ । केही स्थानीय तहले भने यसलाई सहजै स्वीकार गरेका छन् । कूल ७५३ मध्ये मध्यपुरथिमि नगरपालिका, इलाम नगरपालिका, महालक्ष्मी नगरपालिका ललितपुर, जुगल गाउँपालिका सिन्धुपाल्चोक, कमलामाई नगरपालिका सिन्धुली, कीर्तिपुर नगरपालिका काठमाडौँ, पाँचखाल नगरपालिका काभ्रे र शिवराज नगरपालिका कपिलवस्तुले सूचनाको हकलाई सहजै स्वीकार गरेका छन् । प्रतिवेदन भन्छ, ‘सूचना अधिकारीले नै सहजै सूचना उपलब्ध गराउनु सकारात्मक पाटो हो ।’ प्रतिवेदनअनुसार सूचनाको हक कार्यान्वयनमा प्रदेश नं १ अग्रस्थानमा देखिएको छ । प्रदेश १ का १३७ स्थानीय तहमध्ये ४७ वटा अर्थात ३४।५० प्रतिशतले सूचना उपलब्ध गराएका छन् भने प्रदेश नंं २ सबैभन्दा कमजोर देखिएको छ । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये जम्मा नौवटा अर्थात ६।६१ प्रतिशतले मात्रले सूचना उपलब्ध गराएका छन् । तथ्याँकअनुसार प्रदेश नंं १ का १३७ स्थानीय तहमध्ये ४७, प्रदेश नंं २ का १३६ स्थानीय तहमध्ये नौ, प्रदेश नंं ३ का ११९ तहमध्ये ४६, प्रदेश नंं ४ का ८५ स्थानीय तहमध्ये २१, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये २८, प्रदेश नंं ६ का ७९ स्थानीय तहमध्ये १८ र प्रदेश नंं ७ का ८८ स्थानीय तहमध्ये २२ वटाले मात्र सूचना उपलब्ध गराएका छन् । ‘नागरिक तथा स्थानीय सरकारबीच एक–आपसमा विश्वासिलो र रचनात्मक सहभागिताको वातावरण बनोस् भन्ने सदीक्षा राखी देशका सवै स्थानीय तहको कार्यपालिकाको कार्यालयसँग सूचनाको हकको व्यावहारिक कार्यान्वयन गराउन खाजेका थियौँ, त्यसलाई उहाँहरूले अस्वीकार गर्न खाजेको देखियो, त्यसलाई हामी निरन्तर पलोअप गछौँ,’ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले भने । सूचनाको हकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको सन्दर्भमा सूचनाको हकको महत्व, विकास, सुशासनका लागि सूचनाको हकको महत्वबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी दिने उद्देश्यले सूचना मागिए पनि उनीहरूले यसलाई अस्वीकार गर्न खोज्नु सुशासन कायम गर्न र पारदर्शी बन्न नखोज्नु हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचनाको हक व्यावहारिकरुपमा कार्यान्वयनमा आएको १० वर्ष बितिसक्दा पनि स्थानीय तहले सूचनाको हकलाई आत्मसात नगर्नु वा कार्यान्वयनमा बेवास्ता गर्नु लज्जाको विषय भएको बताए । उनका अनुसार अब ती निकायहरूलाई सूचनाको हक कार्यान्वयन गराउन बाध्य पारिने छ । फ्रिडम फोरमले स्थानीय तहलाई सूचनाको हकको व्यावहारिक प्रयोग गराउने उद्देश्यले राष्ट्रिय सूचना दिवसको सन्दर्भमा गत भदौ ५ गते ती निकायहरूमा एउटै प्रकृतिको १८ बुँदे सूचना माग गरेका थियो । फोरमले सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक स्थानीय तहमा सूचना अधिकारी तोक्नुपर्ने कानुनी व्यवस्था गरेको उल्लेख गर्दै स्थानीय तहहरूमा सूचना अधिकारी तोकिनुभएको छ÷छैन, सूचनाको हकसम्बन्धी ऐन–२०६४ बमोजिम तीन÷तीन महिनामा स्वतः सार्वजनिक गनुपर्ने २० प्रकारका सूचनाहरू के–कसरी सार्वजनिक गर्दैछ, कार्यालयमा सूशासन ऐन २०६४ बमोजिम सार्वजनिक सुनुवाइ गरिन्छ÷गरिँदैन, कार्यालयले सूचना व्यवस्थापनसम्बन्धी कुनै निर्देशिका वा नीति वा कुनै कानून बनाएको छ÷छैन भन्ने विषयमा सूचना माग गरी त्यसको व्यावहारिक प्रयोग गराउन खोजेको थियो । त्यसैगरी, कार्यालयले नागरिक वडापत्र राखेको छ÷छैन, कार्यालयको वेबसाइट छ÷छैन, निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरिएको छ÷छैन, कार्यालयको निर्माण, आपूर्ति र सेवासम्बन्धी विज्ञापनका लागि चालू आवमा कति बजेट छुट्टयाइएको छ, विज्ञापन प्र्रवाह गर्न के कस्तो नीति र कार्यक्रम बनाइएको छ, कार्यालयले सञ्चालन गरिने योजनाहरूको पारदर्शीताका लागि योजनास्थलमा होर्डिङ्ग बोर्ड राख्ने नीति छ÷छैन, कार्यालयले आफ्ना काम–कारबाहीहरूमा जनसहभागिता सुनिश्चित गर्न कुनै कानूनी वा नीतिगत संरचना बनाएको छ/छैन लगायतका विषयमा सूचना माग गरिएको थियो । नागरिक सहभागिता सुनिश्चित गर्ने र नागरिक निगरानी सक्रिय बनाउने यो हक प्रचलनका लागि संसारका १०३ देशले यससम्बन्धी ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याएका छन् भने अरु देशहरूमा पनि यससम्बन्धी ऐन तर्जुमा र संयन्त्रगत प्रणाली विकासका चरणहरू चलिरहेका छन् । नेपालले २०४७ को संविधानमा यसलाई मौलिक हकका रुपमा व्यवस्था गरेको भएपनि यसको महत्व र मर्मलाई आत्मसात् गर्न नसक्दा यससम्बन्धी कानुन तर्जुमाका लागि झण्डै दुई दशक कुर्नुप¥यो । विसं २०६४ मा सूचनाको हकसम्बन्धी ऐन जारी भएपनि यसको उच्चतम अभ्यास अझै गर्न गराउन सकिएको छैन । त्यसैले सूचनाको हकको महत्व र यसले सिर्जना गर्ने शक्तिका बारेमा नेपाली समाज अझै बेखबर जस्तै छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending