Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

\"\"काठमाडौं । सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वोच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ । सो महाधिवेशनले आव २०७३÷७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५÷७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ । साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा संकट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, संगठन तथा क्षमता विकास, मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । नेरेसोको सातौँ पञ्चवर्षीय योजनाले सामुदायिक उत्थानशीलताको लागि सबै पक्षको साझेदारी अवधारणालाई अघि बढाउने नीति अवलम्बन गरेको थियो । विशेष गरी विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पका समयमा खोज, उद्धार तथा राहत एवं त्यसपछि पुनःनिर्माणमा कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले निजी आवास निर्माण, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य क्षेत्रमा समुदायलाई सहयोग गरिरहेको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिए। महाधिवेशनमा ७७ जिल्लाका रेडक्रसका जिल्ला सभापति सहित तीन–तीनजना प्रतिनिधि, केन्द्रीय कार्यसमिति र मनोनीत सभासद् गरी २७५ जनाप्रतिनिधिले भाग लिनुहुनेछ । साथै जुनियर, युवाका साथै शिक्षक नायक सरकारी कार्यालयका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिको सहभागिता रहने छ नेरेसोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending