Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

 

\"\"स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । “आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेका छौँ” नगर प्रमुख शिवकुमार गिरीले भने“आफूले सरकारी नुनपानी खाने तर आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गर्नाले शिक्षाको गुणस्तरमा कमी आएको महसुस गरी यस्तो निर्णय गरिएको हो ।” नगरपालिकाले पारित गरेको यो नीति आगामी शैक्षिक सत्र २०७५ बाट लागू हुने चापाकोट नगरपालिकाले जनाएको छ । शिक्षकले आफ्ना बालबालिका आफैँ अध्यापनरत विद्यालयमा भर्ना गर्दा सन्देश राम्रो जाने र अन्य अभिभावकलाई पनि सरकारी विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न सहज हुने नगर प्रमुख गिरीले बताए । सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गइरहेका बेला नगरपालिकाले सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानका लागि प्रोत्साहन पुग्ने खालका विभिन्न नयाँ कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले चालेको यो अभियान पहिलो चरणमा विशेष गरी सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending