Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

गोदावरी खेल महोत्सव सम्पन्न

\"\"काठमाडौं । दोस्रो गोदावरी नगर खेल महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । यहि चैत्र १७ देखि २४ गते सम्म आयोजित खेल महोत्सवमा रोड रेस, ह्यान्डबल, चेस, फुटबल, ब्याडमिन्टन, साईक्लिङ, तेक्वान्दो र कराते खेलका प्रतियोगिताहरु आयोजना गरिएको थियोे । १७ चैत्रमा रोड रेस बाट सांसद नवराज सिलवालबाट उद्घाटन भएको सडक दौडमा बडीखेलका बरुण थापा पुरुष तर्फ प्रथम महिला तर्फ ठैबका मालती सुनुवार प्रथम भए । १८ र १९ गते भएको ८ टिम सहभागी ललितपुर जिल्ला व्यापी ह्यान्डबल प्रतियोगितामा सेडा स्कुल प्रथम र पुष्पाञ्जली स्कुल दोस्रो भए । १९ देखि २१सम्म सञ्चालित गोदावरि नगर स्तरिय अन्तर क्लव फुटबल प्रतियोगितामा नमुला क्लव गोदावरी प्रथम र एकता समाज बाडेगाउ दास्रो भए । १९ देखि २२ सम्म संचालित जिल्ला व्यापि ब्याडमिन्टनको मेन्स डबल्समा एट्स ब्याडमिन्टन सर्कलका टिम प्रथम, फ्रेन्डस अफ गोदावरी सर्कल दास्रो भए । भेट्रान्स डबल्स तर्फ लगनखेल टिम प्रथम भए भने सेन्ट जेभियर्स टिम दास्रो भए । चेस खेलमा मोहन सिलवाल प्रथम हुन सफल भए भने तेक्वान्दो तर्फ नव विहानी डोजाङ प्रथम भयो । कराँते खेलमा १२ जिल्लाका ३६५ खेलाडीले सहभागिता जनाएकोमा ललितपुर जिल्ला ८ स्वर्ण ५ रजत र ९ कास्य सहित टिम प्रथम भयो । काठमाडौ जिल्ला ४ स्वर्ण, २रजत, ३ कास्य सहित दास्रो र भक्तपुर जिल्ला३ स्वर्ण १ रजत र २ कास्य सहित टिम तृतीय भयो । महोत्सवमा पदक विजेता सम्पूर्ण खेलका खेलाडीहरुलाई महोत्सव समापन समारोहबीच प्रमुख अतिथि माननीय जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री बर्षामान पुन, विशिष्ट अतिथि प्रतिसभा सांसद नवराज सिलवाल, विशेष अतिथि प्रदेश शभा सांसदहरु लालकुमारी पुन शुसिला, माननीय चेतनाथ सञ्जेल, माननीय दिपेश महर्जन, गोादावरी नगर पालिका मेयर गजेन्द्र महर्जन, एमाले नेता मधुसूदन पौडेल, नेपाल कराते महासंघ रेफ्री कमिसन प्रमुख विसन मोते, एसियन रेफ्री गंगालाल श्रेष्ठ, सरिता सापकोटा लगायतका अथितिहरुले मेडल प्रमाणपत्र र ट्रफि वितरण गरेका थिए । कार्यक्रममा गोदावरी नगर भित्रका विभिन्न खेलमा अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending