Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्याराग्लाइडिङबाट बिहावरमा पहिलो पर्यटन महोत्सव उदघाटन हुने

\"\"काभ्रे । काभ्रेको बिहावरमा पहिलोपटक ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । आगामी वैशाख १५, १६ र १७ गते हुने पहिलो पर्यटन महोत्सवको उद्घाटन पर्यटनमन्त्री रविन्द्र अधिकारी र संचारराज्यमन्त्री गोकुल बास्कोटाले गर्ने भएका छन् । बिहावर क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको प्रवद्र्धनकासाथै हिमाल, वनजंगलको दृश्यावलोकनका र प्याराग्लाइडिङ, साइक्लिङको माध्यमबाट साहसिक पर्यटनको नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि महोत्वसको आयोजना गर्न लागेको कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन । बिहावर क्षेत्र भक्तपुर, ललितपुरको महालक्ष्मी नगरपालिका, फूलचोकी क्षेत्रसम्म सीमा जोडिएको छ । यो क्षेत्र काठमाडौंबाट भक्तपुर, बनेपा, पनौती हुँदै ४२ किलोमिटरको दुरीमा छ भने ललितपुरको ग्वार्को, लाकुरीभन्ज्याङ,मानेदोभान हुँदै २१ किलोमिटर टाढा पर्छ । महोत्सवको उद्घाटन वैशाख १५ गते १२ बजे गुर्दुमडाँडामा प्याराग्लाइडिङबाट हुँदैछ । यस अघि नै प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पहिलोपटकको परीक्षण उडानपछि प्याराग्लाइडिङ उडानका लागि अनुमति लिइसकिएको समाजका सचिव अधिकारीले जानकारी दिएका छन । \"\" १६ र १७ वैशाखमा म्याराथन, साइक्लिङ हुनेछ । खुल्ला म्याराथन कुशादेवीको पशुपति मन्दिरबाट सुरु भइ पाँचकन्या, रानीकोट, मुरलीखोला, मानेदोभान, पर्खालचौर हुँुँदै मन्दिरमैं पुगेर टुंगिनेछ । यसको लागि एभरेष्ट म्याराथनले सहयोग गर्ने जानकारी अधिकारीले दिए । प्याराग्लाइडिङ को लागि हिमालयन एडभेन्चरको दीपक राईको टोलीले संयोजन गर्नेछ । त्यस्तै महोत्सव अन्तर्गत साइक्लिङ इभेन्ट पनि हुँदैछ । यसको लागि माउन्टेन बाइक एसोसियसनले पनि सहयोग गर्दैछ । साइक्लिङ लाकुरी भन्ज्याङ, लठ्ठा भन्ज्या भन्ज्याङ, खानीडाँडा, मानेदोभान, पर्खालचौर हुुँदै कुशादेवीमा पुगेर टुंगिनेछ । बजार महोत्सव पनि हुने स्थानीय उत्पादनको प्रदर्शन, बिक्रीवितरण र सांस्कृतिक कार्यक्रम पनि महोत्सव अन्तर्गत हुँदैछ । यसको लागि मानेदोभान, पर्खालचौधरी, कुशादेवी, चालिसेसम्मका बजारमा स्टल रहनेछन् । जहाँ स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, फलफूल, तरकारी बिक्रीवितरणका लागि राखिनेछ । मुख्य बजारमा स्वागत गेट बनाउँने तयारी भएको अधिकारीले बताएका छन । \"\" महोत्सवमा स्थानीय खैजेडी भजन टोली, लामाको झाक्री नाँच देखाइनुका साथै दोहोरी गीतसहितका सांस्कृतिक कार्यक्रम पनि हुनेछ । समाजले गर्न लागेको महोत्सवमा पनौती नगरपालिका, टानसहितका संस्थाले पनि सहयोग गर्दैछन् । काठमाडौंबाट ४२ किलोमिटरको सडक दुरीमा रहेको काभ्रेको बिहावर क्षेत्रको गुर्दुमडाँडाबाट अधिकांश हिमश्रृखला देख्न सकिन्छ । साथै, फूलचोकी जंगलमा चराचुरुङगी, लालीगुराँस, जंगली जनावर, जडिबुटी, विभिन्न फूलहरु, पुतलीको अवलोकन पनि गर्न सकिनेछ । यस अघि पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि साइक्लिङको परीक्षण उडान, साइक्लिङ, हाइकिङसहितका प्रवद्र्धनात्मक कार्यक्रम भइसकेका छन् । नागीडाँडामा गुम्बा बनाउँनका लागिसमेत पहल भइरहेको अधिकारिले जानकारी दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending