Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्याराग्लाइडिङबाट बिहावरमा पहिलो पर्यटन महोत्सव उदघाटन हुने

\"\"काभ्रे । काभ्रेको बिहावरमा पहिलोपटक ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । आगामी वैशाख १५, १६ र १७ गते हुने पहिलो पर्यटन महोत्सवको उद्घाटन पर्यटनमन्त्री रविन्द्र अधिकारी र संचारराज्यमन्त्री गोकुल बास्कोटाले गर्ने भएका छन् । बिहावर क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको प्रवद्र्धनकासाथै हिमाल, वनजंगलको दृश्यावलोकनका र प्याराग्लाइडिङ, साइक्लिङको माध्यमबाट साहसिक पर्यटनको नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि महोत्वसको आयोजना गर्न लागेको कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन । बिहावर क्षेत्र भक्तपुर, ललितपुरको महालक्ष्मी नगरपालिका, फूलचोकी क्षेत्रसम्म सीमा जोडिएको छ । यो क्षेत्र काठमाडौंबाट भक्तपुर, बनेपा, पनौती हुँदै ४२ किलोमिटरको दुरीमा छ भने ललितपुरको ग्वार्को, लाकुरीभन्ज्याङ,मानेदोभान हुँदै २१ किलोमिटर टाढा पर्छ । महोत्सवको उद्घाटन वैशाख १५ गते १२ बजे गुर्दुमडाँडामा प्याराग्लाइडिङबाट हुँदैछ । यस अघि नै प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पहिलोपटकको परीक्षण उडानपछि प्याराग्लाइडिङ उडानका लागि अनुमति लिइसकिएको समाजका सचिव अधिकारीले जानकारी दिएका छन । \"\" १६ र १७ वैशाखमा म्याराथन, साइक्लिङ हुनेछ । खुल्ला म्याराथन कुशादेवीको पशुपति मन्दिरबाट सुरु भइ पाँचकन्या, रानीकोट, मुरलीखोला, मानेदोभान, पर्खालचौर हुँुँदै मन्दिरमैं पुगेर टुंगिनेछ । यसको लागि एभरेष्ट म्याराथनले सहयोग गर्ने जानकारी अधिकारीले दिए । प्याराग्लाइडिङ को लागि हिमालयन एडभेन्चरको दीपक राईको टोलीले संयोजन गर्नेछ । त्यस्तै महोत्सव अन्तर्गत साइक्लिङ इभेन्ट पनि हुँदैछ । यसको लागि माउन्टेन बाइक एसोसियसनले पनि सहयोग गर्दैछ । साइक्लिङ लाकुरी भन्ज्याङ, लठ्ठा भन्ज्या भन्ज्याङ, खानीडाँडा, मानेदोभान, पर्खालचौर हुुँदै कुशादेवीमा पुगेर टुंगिनेछ । बजार महोत्सव पनि हुने स्थानीय उत्पादनको प्रदर्शन, बिक्रीवितरण र सांस्कृतिक कार्यक्रम पनि महोत्सव अन्तर्गत हुँदैछ । यसको लागि मानेदोभान, पर्खालचौधरी, कुशादेवी, चालिसेसम्मका बजारमा स्टल रहनेछन् । जहाँ स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, फलफूल, तरकारी बिक्रीवितरणका लागि राखिनेछ । मुख्य बजारमा स्वागत गेट बनाउँने तयारी भएको अधिकारीले बताएका छन । \"\" महोत्सवमा स्थानीय खैजेडी भजन टोली, लामाको झाक्री नाँच देखाइनुका साथै दोहोरी गीतसहितका सांस्कृतिक कार्यक्रम पनि हुनेछ । समाजले गर्न लागेको महोत्सवमा पनौती नगरपालिका, टानसहितका संस्थाले पनि सहयोग गर्दैछन् । काठमाडौंबाट ४२ किलोमिटरको सडक दुरीमा रहेको काभ्रेको बिहावर क्षेत्रको गुर्दुमडाँडाबाट अधिकांश हिमश्रृखला देख्न सकिन्छ । साथै, फूलचोकी जंगलमा चराचुरुङगी, लालीगुराँस, जंगली जनावर, जडिबुटी, विभिन्न फूलहरु, पुतलीको अवलोकन पनि गर्न सकिनेछ । यस अघि पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि साइक्लिङको परीक्षण उडान, साइक्लिङ, हाइकिङसहितका प्रवद्र्धनात्मक कार्यक्रम भइसकेका छन् । नागीडाँडामा गुम्बा बनाउँनका लागिसमेत पहल भइरहेको अधिकारिले जानकारी दिएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending