Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

ओलीको यी शब्दले जब मोदी मख्ख परे

\"\"नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दुई वर्षमा नेपाल बदलिएको टिप्पणी गरेका छन् । हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले दुई वर्ष अघिको आफ्नो भारत भ्रमणको समेत स्मरण गरे । ‘म दुई वर्ष अघिको भ्रमण सम्झन्छु । त्यो समयदेखि नेपालले धेरै परिवर्तन हासिल गरेको छ । नेपालमा राजनीतिक स्थायित्व कायम भएको छ । चुनाव भएको छ’, ओलीले भने, ‘मेरो भ्रमणको मिसन हाम्रो सम्बन्ध उचाइमा पुर्‍याउनु हो ।‘ ओलीले नेपालले संक्रमणकाल पूरा गरेको र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताए । उनले नेपाल र भारतको बीचमा गठन भएको प्रवुद्ध समूहको सुझावको आधारमा अब पुराना विषय सम्बोधन गर्ने बताए । उनले दुवै मुलुकको लक्ष्य समृद्धि भएको तर्क गरे । ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरे । उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको बताए । ‘रिभर नेभिगेसनबाट जोडिने विषयमा पनि हामीले छलफल गर्‍यौं’, ओलीले भने, ‘प्रधानमन्त्री मोदीले नपाल ल्याण्डलक नभई ल्याण्ड लिङ्क भएको बताउनुभयो । साथै यस्ता विषयमा भारत सकरात्मक रहेको हामीले प्रतिवद्धता पाएका छौँ । अब हामी जलमार्गबाट पनि जोडिने भएका छौं । यो हाम्रा लागि खुसीको कुरा हो ।’ ओलीले रेलमार्गबाट काठमाण्डु जोडिने विषयमा पनि खुसी व्यक्त गरे । प्रधानमन्त्री मोदीले भने नेपाल र भारतले यस्तो रेल मार्ग संयुक्त रूपमा बनाउने बताए । ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending