Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मोदीले भने-सगरमाथाको देश अब सागरससम्म पहुँच हुनेछ, अोलीले भने-नेपाल र भारतबीच नमुना सम्बन्ध

\"\"नयाँदिल्ली ।  नेपालका प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सकिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् । मोदीले नेपालीमै संक्षिप्त सम्बोधन गरेका हुन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीमोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो । संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे। ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’ मोदीले काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गका विषयमा दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए। तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए। ‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओलीजी सम्वृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ। यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे हामीले छलफल गर्यौं’ मोदीले भने। अन्त्यमा मोदीले फेरि-फेरि पनि भेट होला भन्दै नेपालीमै सम्बोधन गरेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । संयुक्त पत्रकार सम्मेलनमा अोलीले भने-‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ ।’ तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको बाटोमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतको सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending