Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दैलो-दैलोमा पिरती साट्दै ६९ वर्षीय गन्धर्व

\"\"रोल्पा । मीठो स्वर, सुरिलो भाका अनि सारङ्गीको ¥याइ¥याईं धुनसँगै सुमधुर गीत गाइरहँदा लाग्थ्यो कुनै अधबैँसे पिरतीको भाकामा रमाइरहेको छ । तर यो सुरिलो आवाज कुनै अधबैँसे युवाको नभई ६९ वर्षीय वृद्ध हिमकान्त गन्धर्वको थियो ।

घुघुतीले खोर लायो डाली हुइती हुइती  भेट हुने भा मासै होइजा नहो कैती कैती  मही पा¥यो घार्रघुर्र ठेकी लाग्यो तर  लाग्छ माया लाहुरेको भन्न हुँदैन र ?  बिहीबार उहाँ रोल्पाको सदरमुकाम लिबाङ बजारमा सारङ्गी रेट्दै दिनभर घुमिरहे । चाउरी परेको बूढो अनुहार, सेतै फुलेको कपाल, घाँटीमा दुईफन्का बेरिएको गलबन्दी अनि मैलो इस्टकोट लगाएर दैलादैलामा पिरती साट्दै हिँडेका वृद्ध गन्धर्वले रोल्पालीलाई एक प्रकारको मोहनी नै लगाएको भान हुन्थ्यो । युवायुवतीमात्र होइन वृद्धवृद्धासमेत उहाँको वरिपरि झुम्मिएका थिए । हातमा सारङ्गी काँधमा दिनभरिको कमाइको पोको बोकेर घरघरै हिँडेको देख्दा लाथ्यो उहाँमा अझै पनि १६ वर्षीय युवकमा जत्तिकै जोश अनि जाँगर छ । “उमेर बूढो भए पनि मन बूढो हुँदैन मैयाँ, मान्छेको जिन्दगी अनि यो माया भन्ने चिज नै अनौठो हुँदो रहेछ,” उनले भने – “हेर्दा बूढो देखिन्छु जवानीमा जति हिँड्डुल गर्न सकिँदैन तर मन फेरिएको छैन अझै उस्तै लाउँलाउँ खाउँखाउँ लाग्छ । ताजै छन् रहरहरु ।” बूढागाउँ–३ लिङ्दुङ रोल्पामा २००७ सालमा जन्मेका गन्धर्वले करीब १२ वर्षको उमेरदेखि सारङ्गी रेट्न सिकेका हुन् । बाल्यकालदेखि नै आफ्ना बुबाको पछिपछि हिँड्दै गर्दा १४ वर्षको उमेरमा उहाँले सम्पूर्ण रुपमा सारङ्गी बजाउन र गीत गाउन सिकेका थिए । तर उनलाई पढ्ने अवसर जुरेन । पढाइलेखाइ नभएपछि उहाँले यही पेशा रोज्नुभयो, यही पेशामा रमाए अनि यही पेशालाई निरन्तरता दिँदै आए । आउ बसौँ थकाइ मारौँ कदमको डालीमा  मौरी घुम्यो रसमा म भुले मायाँ जालमा  माया बस्यो तिम्रो र हाम्रो  कहिले पनि नहोस् है नराम्रो  यस्तै यस्तै गीत गाउँदै हिँड्ने क्रममा कुनै युवतीलाई आफ्नो माया जालमा पारेपछि उनले १८ वर्षको उमेरमा प्रेम विवाह गर्नुभएको थियो । तर दुर्भाग्य उहाँको पहिलो प्रेम सफल हुन सकेन । आफ्नो अतित स्मरण गर्दै उनले भने “पहिला हाम्रो पालामा अहिलेको जस्तो मोटरको सुविधा थिएन । हिँडेरै घरदैलो अभियानमा पुग्नु पथ्र्याे । गाउँदै बजाउँदै हिँड्दा दुई तीन महिनामा एकपटक घर आउन पाइन्थ्यो । श्रीमतीलाई समय दिन नसकेपछि उनले पनि मलाई साथ दिन सकिनन् । करीब दुई वर्षमा उनले मलाई छोडेर दोस्रो बिहे गरिन् ।” यसरी श्रीमतीले साथ छोडे पनि उहाँको मीठो आवाज र सारङ्गीले भने साथ छोडेन जसका कारण २१ वर्षको उमेरमा उहाँले सारङ्गी रेट्दारेट्दै दोस्रो बिहे गरे । उनको दोस्रो घरबार सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ । श्रीमतीको साथ, सहयोग र मायाले उनलाई बूढेसकालमा पनि उत्तिकै आँट र साहस भर्ने गर्छ । तर पनि श्रीमतीको जत्तिकै सारङ्गीको माया लाग्ने भएपछि उनले सारङ्गी रेट्न छन् । हाल दाङको नारायणपुरमा स्थायी ठेगाना भएका गन्धर्वले श्रीमती घरमै छोडेर रोल्पाका बस्ती बस्ती चहार्छन् । पेशा छोडे के खानु ? कहाँ जानु ? पेशा बचाउनकै लागि उनले रोल्पा आइपुगेको बताए । आज गाउँमा घुम्न जान्छु हातमा लौरो समाइ  जिजुबाजे पूर्खादेखि यै छ मेरो कमाइ  कानमा झोला सारङ्गी भिरेर,  गाउँछु गीत संसारै हिँडेर  एकाध गन्धर्वबाहेक यो पेशामा अरु कोही नलागेका कारण आफ्नो संस्कृति र परम्परा लोप हुने हो कि भन्दै उनले गीतका माध्यमबाट चिन्ता प्रकट गरेका छन् । सरकारले समयमै ध्यान नदिए नेपाली संस्कृति धरापमा पर्छ कि भन्ने चिन्ता लाग्ने गरेको उनले बताए । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको सिको गर्दै नेपालीहरुले आफ्नो संस्कृति र परम्परा बिर्सन लागेको भन्दै उहाँले गीतबाट यसरी दुःख प्रकट गरे । गरीबको घरमाथि आटोपिठो छैन  यो जिन्दगी बचाउनलाई नखाएर भैन  हेर आमा म दुःखी छोरीलाई  दुःख प¥यो जिन्दगीभरिलाई  गन्धर्वका गीतमा समाजको यथार्थ चित्रण झल्किन्थ्यो । गरिबीका कारण आटोपिठो पनि पेटभर खान नपाउँदाको अवस्था र पेट पाल्नका लागि मान्छेले संघर्ष गर्नुपर्ने कुराहरुसमेत उहाँका गीतमा समेटिएका थिए । यसैगरी एउटी चेलीका संघर्षका कथा र जीवन भोगाइका व्यथासमेत उहाँका गीतमा सुन्न पाउँदा वरपर बसेका सबै मन्त्रमुग्ध बनेका थिए । डालीडाली चालीचाली झुल्के जोवन जान्छ  अभागीको मेरो दया, माया कल्ले मान्छ  २१ वर्षे उमेरमा भर्खर बिहे भाको  २५ वर्षे उमेरमा स्वामी परदेश गाको  बारबार आँसु गिराएर रोइराकी हौले  बादलबाट चियाएर हेरिराकी हौले  उनले वैदेशिक रोजगारीका लागि परदेशिएका श्रीमान्का पीडा तथा बाध्यताले बिछोडिएर घरमा बसेका प्रवासीका श्रीमतीका कथाव्यथालाई समेत गीतमा सुनाए । शुरु शुरुमा माया पिरतीका गीत गाएर युवायुवतीलाई काउकुती लगाएका गन्धर्वले क्षणभरमै निकै भावुक पनि बनाइदिए । गन्धर्वको पखेटामा सारङ्गीको ताँती  गरीबको निसान थेन चारै अड्डामाथि  खानलागे अनाज य बेच्न लागे भुस  हारल मुद्दा जितल हुन्थ्यो रुप्पे खान्थे घुस  उनले गीतका माध्यमबाट समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई पनि उजागर गरेका थिए । पछिल्ला दिनमा प्रविधिको विकाससँगै गन्धर्वहरु ओझेल परे पनि अघिल्लो पुस्ताका सञ्चारकर्मी तथा सञ्चारमाध्यम गन्धर्वहरु नै रहेको उनको दाबी छ । त्यसैले गन्धर्वहरुको पेशा बचाउन राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending