Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

 

\"\"काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउनु हुनेछ । उहाँले यसपटकको भर्ना अभियान स्थानीय तहका जनप्रतिनिधि, सामाजमा योगदान पु¥याएका विशिष्ट व्यक्ति, शिक्षाप्रेमी, वुद्धिजीवी र राजनीतिक व्यक्तिलाई पनि सामेल गराई अधिकतम विद्यार्थीलाई विद्यालयमा भर्ना गराउने जानकारी गराए । ती व्यक्तिलाई ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नाराका साथ विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख र पिछडिएको वर्गका न्यूनतम स्टेशनरी र पोशाकको व्यवस्थासहित भर्ना अभियान गरिदिनसमेत मन्त्री पोखरेलले आग्रह गरेका छन् । ‘‘यस पटकको भर्ना अभियान विशेष प्रकारको छ । प्रत्येक व्यक्तिले एकजना विद्यार्थीलाई पाठ्यपुस्तकसहित भर्ना गराउनु पर्दछ’’ उनले भने ‘‘अभियान विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन केन्द्रित हुनेछ ।’’ उहाँले सबै मन्त्रालयका सचिव र सहसचिव सय जनालाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको जानकारी गराए । मन्त्री पोखरेलले भर्ना अभियानलाई सफल पार्न प्रदेश तहका शिक्षा हेर्ने मन्त्रीसँग पनि छलफल गरिने बताए । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो हप्तासम्म राष्ट्रका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गर्ने बताए । उहाँले हातहातमा पुस्तकसहित भर्ना अभियानमा छुट भएका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो गरी भर्ना अभियान गरिने बताए । विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा पाँच÷नौ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५देखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । यस वर्षको भर्ना अभियानको लागि सरकारले ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ आर्दश बाक्य तय गरिएको छ । कार्यक्रममा कलाकार हरिवंश आचार्य, मिथिला शर्मा, बद्री पङ्गेनी, सुनिल पोखरेललगायतले भर्ना अभियान सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending