Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

शिक्षामन्त्री पोखरेलले गरे यस्तो अपिल (पूर्णपाठसहित)

\"\"काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अपिल गरेका छन् । शैक्षिक सत्र २०७५को विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकवितरण सम्बन्धमा सबै सरोकारवालाहरूलाई मन्त्री पोखरेलले अपिल गरेका हुन् । “हामी सबैको इच्छा, अनिवार्य निःशुल्कआधारभूतशिक्षा” शैक्षिक सत्र २०७५को विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकवितरण सम्बन्धमा सबै सरोकारवालाहरूलाई शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको अपिल आदरणीय अभिभावकज्यूहरु, हरेकबालबालिकाहरूको पढ्न पाउने हकको सुनिश्चितताकालागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूततहसम्मको शिक्षाअनिवार्य र निःशुल्कतथामाध्यमिकतहसम्मको शिक्षानिःशुल्कपाउने गरी मौलिकहकको रूपमा स्थापित गरेको छ । विद्यालयतहको शैक्षिकतथ्याङ्क, २०७४ अनुसार प्राथमिकतहमाप्राथमिक उमेर समूह (५–९ वर्ष ) का विद्यार्थीको खुदभर्ना दरको राष्ट्रिय औसत ९७.२% रहेको हुँदा २.८% बालबालिकाहरू अझैं पनिविद्यालयबाहिर रहेको देखिन्छ । त्यसै गरी आधारभूततह (कक्षा १–८) को (५–१२ वर्ष उमेर समूहको) खुदभर्ना दर राष्ट्रिय औसत ९२.३% पुगेको अवस्था छ, जस्मा ७.७% बालबालिकाहरू विद्यालयबाहिर रहेको देखिन्छ । त्यसमापनि सर्लाही, धनुषा, रौतहट, पर्सा, वारा र कपिलवस्तु लगायतका केहीजिल्लाहरूमा सबै भन्दा बढी बालबालिकाहरू विद्यालयबाहिर रहेको अवस्था छ ।विद्यालयशिक्षामा सबै बालबालिकाहरूको समन्यायिकपहुँच पु¥याउनु राज्यको दायित्वहो । विद्यार्थी भर्ना, विद्यालयमा स्वागततथाविद्यार्थी टिकाउ र सिकाइउपलब्धिमा सुधार जस्ता कार्यक्रमहरू विगतवर्षहरूदेखि नै सञ्चालनहुँदै आएको कुरा विदितै छ । यसै सन्दर्भमा केहीहिमालीजिल्लाबाहेककाअन्यजिल्लाहरूमा २०७५ साल बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदैछ ।विद्यार्थी भर्ना अभियानलाई सफलपार्न व्यापक रूपमाप्रचार प्रसारगर्ने, विद्यालयबाहिर रहेका विद्यालयजाने उमेर समूहकाबालबालिकाहरूको तथ्याङ्क सङ्कलनगर्नेएवम् घरदैलो जस्ता सचेतनामूलककार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरी आ–आफ्नो क्षेत्र, जिल्ला, गाउँपालिका,नगरपालिकाएवम् विद्यालयतहसम्मविद्यालयजाने उमेर समूहका कोहीपनिबालबालिकानछुट्ने गरी विद्यालयभित्रल्याउने प्रतिबद्धता सहितको घोषणा गर्न अनुरोध गरिएको छ । साथै उनीहरुकालागिआवश्यक पर्ने पाठ्यपुस्तकभर्ना हुँदाकाबखत नै उपलब्ध गराउनकालागि स्थानीयतहमार्फत विद्यालयहरुमा रु २ अर्व २२ करोड २२ लाखअनुदान रकमउपलब्ध गराइसकिएको छ ।सोहीक्रममाकक्षा १ देखि ५ सम्म अध्ययनगर्ने सामुदायिकविद्यालयमाअध्ययनगर्ने सबै बालबालिकाहरुकालागि रङ्गीन पाठ्यपुस्तकउपलब्ध गराउने प्रबन्धगरिएको छ । यसै सिलसिलामायस मन्त्रालयबाट नयाँ शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना कार्यक्रमको आदर्श वाक्य“हामी सबैको इच्छा, अनिवार्य निःशुल्कआधारभूतशिक्षा” तय गरी प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालनगरिएको छ । जसबाटअनिवार्य आधारभूतशिक्षाकालागिविद्यार्थी भर्ना कार्यक्रममाथप सहयोग पुग्ने अपेक्षागरिएको छ । प्रस्तुतपरिस्थितिमाविद्यालयबाहिर रहेका विद्यालयजाने उमेर समूहका सबै बालबालिकाहरूलाई विद्यालयमा सहजपहुँचको सुनिश्चितताकालागिविद्यार्थीे भर्ना तथा पाठ्यपुस्तकवितरण कार्यक्रममा सहयोग पु¥याउन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालयव्यवस्थापन समितिकापदाधिकारी, शिक्षकअभिभावक सङ्घ,उद्योगी,व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सरकारी एवम् गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मी, रङ्गकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद् एवम् स्थानीयतह,प्रदेश तह, सम्बन्धितमन्त्रालय÷निकायएवम् राजनीतिकदललगायतका सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अपिलगर्दछु । माननीयगिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालय सिंहदरबार, काठमाडौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending