Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

\"\"चितवन । भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी आजबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उनले बताए । प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ । ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बर्डफ्लु नियन्त्रण समन्वय समितिको बैठक बसी उच्च सतर्कता अपनाउनका लागि काम थालेको उनले बताए । भारतीय क्षेत्रबाट पोल्ट्रीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको बताउँदै उहाँले केही दिनअघि चितवनमा ठूलो मात्रामा भारतबाट ल्याइएको कुखुराको मासु नियन्त्रण गरी नष्ट गरिएको बताए । गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि महानिर्देशक निर्मलले बताए । केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला टेकुका प्रमुख डा डिकरदेव भट्टले बढी मात्रामा चितवनबाट नमूना आइरहेको बताउँदै हालसम्म बर्डफ्लुको समस्या नदेखिएको बताए । उनले भने “जे जति नमूना आएका छन्, सबै एचनाइनका छन् ।” एचनाइनसँगै भाइरल, ब्याक्टेरियल र माइक्रोप्लाज्माको संक्रमण भएकाले कुखुरा मर्ने क्रम बढी भएको उहाँले बताए । जैविक सुरक्षा अपनाएर कुखुरा बचाउनु नै अहिलेको उत्तम उपाय रहेको उनले बताए । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईले हालसम्म नेपालमा गरिएको नमूना परीक्षणमा लो प्याथोजेनिक एचनाइन भेटिएको बताए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । चापागार्इंका अनुसार एचनाइनमा संक्रमणपछि खाना घटाउने, अण्डा उत्पादन आधा घट्ने र सात आठ प्रतिशत कुखुरा मर्ने गर्छ । कतिपय खोरमा अहिले त्योभन्दा बढी कुखुरा मरेका कारण एचनाइनको मल्टिइन्फेक्सन भएका कारण हो । बर्डफ्लु हुँदा भने तीन चार दिनमै शतप्रतिशत कुखुरा मर्ने गर्छ भने यो रोग मानिसमा पनि सर्ने सम्भावना हुन्छ । उनले भने “एचनाइन सिंगल भएको भए मृत्युदर कम हुन्थ्यो, मल्टी इन्फेक्सन भएर मृत्युदर बढ्दै गएको हो ।” जिल्लाबाट संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकामा एचनाइन प्रमाणित हुँदै आएको उहाँले जानकारी दिए । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा एचनाइन भ्याक्सिन ल्याउन नपाएका कारण यसले ठूलो क्षति किसानले व्यहोर्नु परेको बताए । केहीले लुकीछिपी भ्याक्सिन ल्याउने गरेको भन्दै उहाँले सहजरुपमा भ्याक्सिन ल्याउन पाएमा यति ठूलो क्षति किसानले व्यहोर्न नपर्ने बताए । उनले भने “हरेक वर्ष नेपालमा रु एक अर्ब हाराहारी एचनाइनका कारण नोक्सानी व्यहोर्नु परेको छ ।” निजी क्षेत्रको सहभागितासमेत भएको निर्देशन समिति भएको भए पनि समितिलाई बेवास्ता गरेर विभागले काम गरेका कारण किसानले नोक्सान व्यहोर्नु परेको उनले बताए ।  नेपालमा पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending