Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनभिज्ञ

\"\"काठमाडौं । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६१६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ । मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो संख्यामा नागरिक मृत्यु तथा बेपत्ता भएको जनाएको छ । तर, माओवादी केन्द्रले आफ्नो पार्टीबाट कति नेता तथा कार्यकर्ता मारिए भन्ने तथ्यांक राख्न सकेको छैन । मूल पार्टी माओवादी केन्द्र एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।आजको नयाँपत्रिका दैनिकमा खबर छ– मूल पार्टी माओवादीबाट छुट्टिएर गएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई अस्तित्व जोगाउनै कठिन छ । सशस्त्र द्वन्द्वमा आफ्ना कार्यकर्ता कति मारिए, कति बेपत्ता भए, कति अंगभंग भए भन्नेबारेमा यकिन तथ्यांक नभएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । माओवादी केन्द्रले ‘जनक्रान्तिका महान् सहिद परिवार समाज’ भन्दै भ्रातृसंगठन पनि बनाएको छ । यस्तै, क्रान्तिकारी माओवादी र नेकपाले पनि सहिद तथा बेपत्ता परिवारलाई समेट्ने संगठन बनाएका छन् । तर, ती संगठनले आफ्नो पार्टीबाट सहादत हुनेसहित तथा बेपत्ताको सूची बनाउनेतर्फ चासो दिएका छैनन् । ‘जनक्रान्तिका महान् सहिद परिवार समाज’ की सचिवालय सदस्य धर्मशीला चापागाईंले वास्तविक तथ्यांक राख्न नसकिएको बताइन् । ‘हामीले प्रचण्ड प्रधानमन्त्री हुँदा जनयुद्धमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका थियौँ,’ उनले भनिन्, ‘त्यो वेला देशैभर करिब सात हजार जति तथ्यांक संकलन भएको थियो । तर, प्रचण्ड सरकार ढलेपछि त्यो पनि अधुरै भयो ।’ द्वन्द्वमा सहादत भएका व्यक्तिका छोराछोरीका लागि भन्दै देशका विभिन्न पाँच ठाउँमा विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एकदेखि १२ कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको चापागाईंले बताइन् । यस्तै, क्रन्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले जयनुद्धमा कति आफ्ना नेता–कार्यकर्ता मारिए भन्ने वास्तविक तथ्यांक नभएको स्वीकार गरे । ‘हामी पार्टीको अन्तर्संघर्षमै रुमल्लियौँ, त्यतातिर ध्यान नै गएन,’ गजुरेलले भने, ‘सहिद तथा बेपत्ता अंगभंगका विषयमा राख्न सकिने तथ्यांक पनि राखिएको छैन ।’ पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल हुँदा राज्य वा आफ्नै पार्टीबाट वास्तविक तथ्यांक राखेको भएमा यस्तो समस्या नहुने गजुरेलको भनाइ छ । यस्तै, कृष्ण सेन इच्छुक प्रतिष्ठानले पनि द्वन्द्वमा मृत्यु, बेपत्ता र अंगभंग भएकाको तथ्यांक राखेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending