Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सेक्ससँग जोडिएका कहाली लाग्दा घटना, यौन र सम्पत्तिले टुक्रँदै सम्बन्ध

[caption id=\"attachment_149127\" align=\"alignleft\" width=\"750\"]\"\" सांकेतिक फोटो[/caption] काठमाडौं । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन्। दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन्। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो। अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए। कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए। अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन्। उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ। तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन्। परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन्। एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन्। उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा। यो समस्या अहिले जटिल बन्दै गएको छ।’ अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटनासमेत अहिले काठमाडौंमा व्यापक देखिएको छ। प्रहरीका अनुसार गोंगबुस्थित एक गेस्ट हाउसमा जानकी र कौशल (नाम परिवर्तन) ले सहमतिमै यौनसम्पर्क राखे। उनीहरू दुवैको जीवनसाथी भने फरक(फरक छन्। आफैं हेर्ने र डिलेट गर्ने सर्तमा शारीरिक सम्पर्क गर्दाको फोटो र भिडियोसमेत उनीहरूले खिचे। भिडियो कौशलले तत्कालै डिलेट गरे तर जानकीले गरिनन्। विस्तारै जानकीले कौशलसँग पैसा माग्न थालिन्। भनेको समयमा भेट्न नपाएपछि उनी प्रहरीमा पुगिन्। आफूलाई फकाएर शारीरिक सम्पर्क गरेको र पछि धम्क्याउन थालेको भन्दै जानकीले कौशलविरुद्ध उजुरी हालिन्। महिला तथा बालबालिका सेवा केन्द्रले यो घटना अनुसन्धान गर्न परिसरलाई पठायो। झापा घर भएर काठमाडौं बस्ने रीता (नाम परिवर्तन( ले श्रीमान् नभएका बेला अर्कै युवासँग शारीरिक सम्पर्क गरेको भिडियो खिचिन्। खाडी मुलुकमा पुगेका श्रीमान् दुई वर्षपछि फर्केर रीताको मोबाइल हेर्दा भिडियो र फोटो देखेपछि उनी मूर्छित बने। पत्नीसँग पारपाचुकेका लागि उनी प्रहरीमा पुगे। यस्ता उजुरी निम्न परिवारदेखि संभ्रान्त परिवारबाट आउने गरेको केन्द्रले जनाएको छ। बर्दियाका एक व्यवसायी दम्पतीको सम्बन्ध राम्रै थियो। दुवैले छुट्टाछुट्टै कार चढ्थ्ये। पत्नीका नाममा पनि केही सम्पत्ति राखिदिएका ती व्यवसायी एकाएक प्रहरीमा पत्नीविरुद्ध उजुरी दिन पुगे। उजुरीमा पत्नी गाडी चालकसँग भागिन् भन्ने थियो। दुवै जना सहमतिमा भागेपछि प्रहरीले के नै गर्न सक्थ्यो र १ व्यवसायीले केहीसीप नलागेपछि पारपाचुके गरे। केन्द्रका अनुसार साउनदेखि फागुनसम्म मानव बेचबिखनका चार वटा, बहुविवाहका १७ वटा, घरेलु हिंसाका २० वटा, जबर्जस्ती करणीका ८९ वटा, घरायसी ६ सय वटा र लैंगिक हिंसाका एक सय २० वटा उजुरी दर्ता भएका छन्। घरभित्रै मदिरा सेवन गरेर श्रीमान्÷ श्रीमतीबीच कुटाकुटका घटना पनि प्रहरीमा आउने गरेका छन्। परिसर प्रमुख एसएसपी पोखरेलले पैसा र सेक्ससँग जोडिएका कहाली लाग्दा घटना प्रहरीमा आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘कति घटना त सोच्दै नसोचेका पनि भेटिन्छन्। कोही पैसाका लागि त कोही सेक्सका लागि सम्बन्ध गाँस्ने र पछि उद्देश्य मेल नखाएपछि बार्गेनिङ गरेका घटना पनि छन्।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending