Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सेनाले चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

\"\"रोल्पा । वर्षाैंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी आवागमन हुने भएको छ । रोल्पा जिल्लाको बाह्रौँ जिल्ला परिषद् २०६५ ले रोल्पा जिल्लाका सबै गाविसमा सडक सञ्जालले जोड्ने निर्णय गरी बाटो शुरुवात् गरे तापनि वर्षाैंदेखि अनेक प्रयत्न गर्दा पनि फुटाउन नसकिएको चट्टान केही समयअघि नेपाली सेनाले करीब दुई महिनाको प्रयासमा फोरेको थियो । यसरी बाटोमै अवरोध बनेको चट्टान फोरेसँगै रोल्पाको साविकको उवा हुँदै थबाङ गाविसमा मंगलबार पहिलो पटक मोटरबाटो पुगेको छ । शिरक्याङ भिरमा रहेको कडा चट्टान फुटाउँदा धनजनको क्षति हुनेखालको देखिए तापनि बिनाबाधा व्यवधान सहजतापूर्वक काम सम्पन्न भई मोटरबाटो जोडिएपछि आफू निकै हर्षित भएको खड्गदल गण, लिबाङ ब्यारेक, रोल्पाका गणपति अजय गुरुङले बताउनुभयो । उहाँका अनुसार भूगोलका कारण काम गर्न निकै अप्ठेरो तथा जोखिमपूर्ण थियो । “बाटो खन्ने समयमा डोजरका अपरेटरले मलाई केही भइहाल्यो भने मेरो परिवारलाई असहज हुन सक्छ राम्रोसँग लेखापढी गरिदिनुहोला भन्नुभएको थियो । यो वाक्यले मलाई समय समयमा झस्काउँथ्यो । तर कसैलाई केही भएन, सकुसल काम सम्पन्न गर्न पाइयो, यो नै ठूलो कुरा हो”, उनले भने । यसरी ठूलो जोखिम मोलेर नेपाली सेनाले पहरा फोरेपछि निर्माण कार्य सम्पन्न भएसँगै थबाङ गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले मंगलबार एक कार्यक्रमका बीच रिबन काटेर बाटो उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बुढाले उवा र थबाङ जोड्नका लागि शिरक्याङ भिर वर्षाैंदेखि फलामे ढोकाका रुपमा खडा भएको स्मरण गरे । उनले नेपाली सेनाको पहल कदमीमा चट्टान फुटाउन सफल भएको भन्दै खुल्ला हृदयले प्रसंसासमेत गरेका छन् । उनका अनुसार साविकको उवा गाविसमा अन्तिम पटक मोटरबाटो पुगेसँगै अब जिल्लाका दशै स्थानीय तहमा मोटरबाटो जोडिएको छ । त्यसैले अब तीव्रगतिमा रोल्पाको विकास प्रक्रियाले गति लिनेछ, बुढाले भने । सुलिचौर—फुलिवन—थबाङ सडक उपभोक्ता समितिका अध्यक्ष गोबद्र्धन घर्तीमगरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिसस रोल्पाका उपप्रमुख विमला बुढा, सदस्यहरु मानबहादुर केसी, धनबहादुर बुढा, लोकमान वली, थबाङ गापाका अध्यक्ष वीरबहादुर घर्ती, निमित्त जिल्ला समन्वय अधिकारी दामोदरप्रसाद सुवेदी, जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावत, नेकपा (एमाले)का हितबहादुर रोका, नेपाली काँग्रेसका रमेश रोका, नेकपा (माओवादी केन्द्र) का हितमान पुन, सडक डिभिजन कार्यालय, प्यूठानका रामशरण हरिजनलगायतको उपस्थिति थियो । जिसस रोल्पाका प्रमुख बुढाको नेतृत्वमा गएको टोलीले पहिलो पटक निर्माण भएको रिङरोड हुँदै लिबाङ फर्कने कार्यक्रम तय गरेको छ । जिससको टोलीले आइतबार सुकिदह गाउँपालिका र बुधबार थबाङ र परिवर्तन गाउँपालिकाको अनुमगन सम्पन्न गरी लिबाङ फर्कने कार्यक्रम रहेको थबाङ गाउँपालिका रोल्पाका सूचना अधिकारी अधिकार बुढाले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending