Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या

\"\"सिन्धुली । सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो । वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा बताउँछन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि खोला तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको उनीहरुको भनाइ छ ।

सुगम मानिने कमलामाई नगरपालिका–४ रायडीमै पिउने पानीको समस्या भएको छ । वर्षाैंदेखि उपभोग गर्दै आएको पानीको मुहान एकाएक सुकेपछि अहिले ग्वाङ खोला तथा खहरे खोलाको बगर खोस्रेर पानी पिउन बाध्य भएको स्थानीयवासी कैलाश विसंखेले बताउनुभयो । खानेपानीको मुहानमा पानी नै नभएपछि नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने र आफूले पानी खाने मुहान एकै भएको उनको भनाइ छ । यस्तै, हरिहरपुरगढी गाउँपालिका हाक्पारा निवासी ७० वर्षीया रेउतीमया लुङ्गेलीमगरले पनि पिउने पानीको समस्या भएको बताए । मरिण खोलामा कुवा खनेर पानी खाँदै आएको उहाँको भनाइ छ । घर वरपरका पानीका मुहान तथा कुवा सुकेपछि खोलाको पानी पिउन बाध्य भएको उनको भनाइ छ । गाउँमा बिजुली नहुँदा दिनहुँ खोलाको पानी बुढेसकालमा बोकेर खान धेरै समस्या भएको उनको दुखेसो छ । बिजुली भए खोलाको पानी मोटरले तानेर खान पाइने आशा भए पनि सरकारले बिजुली नदिएको उनले बताए । बिजुली भए बुढेसकालको पानी तान्ने सहारा हुने थियो उनले भने । खाने पानीको राम्रो व्यवस्था गरिदिन सरकारसँग उहाँको माग रहेको छ । आफूसँगै दर्जनाँै घरपरिवार अहिले खोलाको पानी खान बाध्य भएको उनले बताए । यस्तै, हरिहरपुरगढी गाउँपालिका–५ हातिदमानकी अस्मिता मोक्तानको पनि पानीको समस्याको दुखेसो छ । धारामा पानी महिनाँैदेखि आउन छाडेकाले नजिकका खोलाबाट पानी ल्याई खाने गरेको उनको भनाइ छ । उनले भने “नजिकै पानी छैन खोलाबाट ल्याएर बस्तुलाई खुवाउन सकिँदैन, आफैँले ल्याउने पानीको मुहानबाट बस्तुलाई खुवायो अनि आफूले पनि ल्यायो ।” वर्षौंदेखि पानीको समस्या भए पनि खोलाको पानी खानु पर्ने बाध्यता कहिल्यै नटरेको उनको दुखेसो छ । यससँगसँगै जिल्लाका तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोशी, मरिण तथा अन्य स्थानीय तहका धेरै बस्तीमा खानेपानीको समस्या भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले धेरैजसो पानीका मुहान सुकाएको र अहिले रहेका नयाँ मुहान पनि लामो खडेरीका कारण सुकेपछि पिउने पानीकै समस्या भएको स्थानीयवासीले बताएका छन् । पानीलाई शुद्धीकरण गरेर नखाए विभिन्न रोगको महामारी फैलने भए पनि हालसम्म त्यस्ता सचेतनामूलक कार्यक्रम नभएको स्थानीयवासी बताउँछन् । पानीको समस्या रहेका स्थानमा सम्बन्धित निकायले नागरिकलाई पानीको व्यवस्थापन वा पानी शुद्धीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु आवश्यक छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending