Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

ससुरासँगको झगडापछि बुहारीले घर जलाइन्

[caption id=\"attachment_168377\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] खोटाङ । ससुरासँगको आपसी झगडापछि खोटाङमा बुहारीले आफ्नै घर जलाएकी छन् । खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन् । धनमुडा बेँसीस्थित सासू–ससुरासँगै बस्दै आएकी आस्माले लगाएको आगोले दुईतले घर घरभित्र भएको सम्पूर्ण सामान तथा नजिकै रहेको गाईबस्तु बाँध्ने गोठ, गोठमा बाँधिएका दुईवटा खसी बाख्रा जलेर मर्नुका साथै ठूलो धनराशि क्षति भएको प्रहरीले जनाएको छ । ससुरासँगको आपसी झगडापछि आस्माले राति करीब १० बजेतिर घरमा आगो लगाएको पारिवारिक स्रोतले जनाएको छ । एकान्त ठाउँमा रहेको घरमा भएको आगलागी राति नै घटनास्थल पुगेका स्थानीय र प्रहरीले बुधबार बिहानमात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, खोटाङबजारका प्रहरी नायब निरीक्षक पवनकुमार यादवले जानकारी दिए । आगजनी गर्नुअघि आस्माले ससुराका दाजु ललितबहादुर तामाङलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ । निःसन्तान रहेका करीब ७६ वर्षीय ललितबहादुर भाइ प्रेमबहादुरकै घरमा बस्दै आएका छन् । भाइको बुहारीबाट कुटिएका ललितबहादुरको देब्रे हात तथा शरीरको विभिन्न ठाउँमा निलडाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट तथा आगजनीका घटना लगत्तै प्रहरीले आस्मालाई नियन्त्रणमा लिएको छ । तामाङ परिवारमा लामो समयदेखि झगडा रहेकाले थप अनुसन्धान र कारवाही गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको प्रहरीले जनाएको छ । प्रेमबहादुरको छोरा हरि तामाङसँग सौतामाथि आएकी आस्माले जेठीपट्टीको छोरीलाई समेत यसअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरीमा झिकाएर मिलापत्र गराइएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending