Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

युट्युबको कार्यालयमा गोली हान्ने महिलाद्वारा आत्महत्या

\"\"अमेरिका । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् । युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी बताइएको छ । युट्युब मुख्यालयमा करिब एक हजार ७०० जना कर्मचारी कार्यरत छन् । कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्यहरु स्थानीय टेलिभिजनहरूले देखाएका थिए । उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ । गोली लागेकामा एकजना ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । एकजना महिलाले गोली हानेको प्रहरीले बताएको छ । ती महिलाले अरुलाई हमला गरेपछि आफैँलाई पनि गोली हानेकी थिइन् । पछि ती गोली हान्ने संन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । अमेरिकी प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ । यस आक्रमण किन गरिएको थियो र ती महिलाको विगतको पृष्ठभूमि के थियो भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जनाइएको छ । यसैबीच प्राप्त पछिल्लो समाचार अनुसार त्यहाँ गोली चलाउने हमलाकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले गोली हान्ने महिलाको मृत्यु भएको पुष्टि गरेको हो । उनले अरुलाई गोली हानेपछि आफैलाई पनि हानेर आत्महत्या गरेकी थिइन् । गोली हान्ने महिलाको पनि सोही कार्यालयको परिसरमा मृत्यु भएको प्रहरीले बताएको छ । उनी कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन– प्रहरीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई थाहा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि हालै अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डपछि सुरक्षामा निकै जोड दिए । उनले अमेरिकामा अब विद्यालयमा यस्ता गोलीकाण्ड हुन नदिने भन्दै आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताए । उनले फ्लोरिडामा भएको हत्याकाण्डपछि सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्तगर्दै विद्यालयमा देखिएको यो असुरक्षाको अवस्था हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने वातावरण बनाउने बताएका थिए । अमेरिकामा पछिल्लो समयमा यस्ता गोलीकाण्डका घटनामा बृद्धि भइरहेको छ । कतिपयले यसलाई व्यक्तिले बन्दुक राख्न पाउँदाका परिणामहरु हुन् भनेका छन् भने कतिले यस तर्कको अस्वीकार गर्ने पनि गर्दछन् । एजेन्सी यसबारे थप
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies