Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अोलीले मोदीलार्इ भारतको विरोध गर्दैनौं भनेर भन्नुहुन्छ: डा. महत

\"\"काठमाडाैं । नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपाल–भारतबीच धेरै आयामहरु भएको स्पष्ट पारे । उनले थपे,‘हामीबीच खुल्ला सिमाना छन्, हामी बिना परिचपयत्र नै आवतजावत गर्छौं।’ नेपालीहरु रोजगारीको सिलसिलामा भारतमा कार्यरत रहेको र धेरै भारतीयहरुपनि नेपालमा कार्यरत रहेको उनको भनाई थियो । आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाए । उनले भने,‘अब हामीले यी सन्धि तथा सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ, चाँडोभन्दा चाँडो भएका सम्झौताहरुलाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्छ।’ डा. महतले प्रधानमन्त्रीको ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको सुनाए । उनले भने,‘हामीले उहाँको भ्रमण सफल होस भनेर चाहेका छौं, अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि गतिरोध छैन्, सबै गतिरोध अन्त्य भैसकेका छन्।’ नेता महतले अघि भने,‘भ्रमणमा प्रधानमन्त्री ओलीले सत्तामा नहुँदा हामीले यस्तो बोलेको हो अब सत्तामा आयौं हामी अब विरुद्धमा बोल्दैनौं भनेर भन्नुहुन्छ होला।’ उनले नेपालले आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्नुपर्ने सुझाए । नेपालले भारतीय र चीनीयाँ दुवै राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्न सक्नुपर्ने महतको भनाई थियो । नेपालमा वर्षेनि हुने डुबानका समस्या समाधान गर्न समझदारी भएकोले अब कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने महतले बताए । नेपाल–भारतबीच हुने व्यापार तथा पारवाहनमा अवरोध र झमेला हुन नहुने उनको धारणा छ । त्यस्तै उनले नेपालको भुकम्पपछिको पूर्ननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले ऋण तथा अनुदान दिने प्रतिबद्धता जनाएकोले अब त्यो लिने कुरामा नेपाली संयन्त्रले पनि तदारुकताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बतए । विद्युतमा भारतको धेरै ठूलो लगानी रहेको सुनाउँदै उनले निर्वाध रुपमा व्यापार हुने कुरामा दुवै देशबीच समान दृष्टिकोण हुनुपर्ने उनको भनाई थियो । नेपालमा धेरै खोलानालाहरु भएकोले हाई–ड्याम्पबाट जम्मा भएको पानी हिउँदमा भारत पठाउने र त्यसबाट निश्चित रिटर्न लिन सक्नुपर्नेमा उनको जोड थियो । त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे विज्ञहरुले काम गरिरहेकोले यो विषयमा छलफल गर्नुको केही अर्थ नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending