Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

\"\"दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ । विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय सरकारले विभेद हटाउनका लागि वडाध्यक्ष रंग तामाङको नेतृत्वमा सहभोजको आयोजना गरेको थियो । प्रजिअ विश्वराज न्यौपाने सहभोजका लागि स्थानीय तह, जिल्ला समन्वय समिति, विद्यालयका शिक्षक र अभिभावक तथा जिल्लास्तरमा रहेका अधिकारकर्मीसहितको टोली लिएर विद्यालयमा पुगेका थिए ।

विद्यालयमा सबै मिलेर भोजन तयार पारेर सबैले संयुक्त रुपमा भोजन ग्रहण गरे । विवाद भएको विद्यालय (चामुण्डाको तीजडाँडास्ती) मा औपचारिक कार्यक्रम पनि सम्पन्न भयो । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यावहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउदै कानूनले दण्डित गरेका विषयबारे नागरिकले बुझ्नुपर्ने र विभेद गर्न नहुने सुझाव दिए । जिससका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकको बसोवास भएका ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायत समस्या हुनु दुःखदायी घटना भएको बताए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेकामा जोड दिए । प्रजिअ न्यौपानेले विभेद गर्ने अभिभावक वा जो कोहीलाई कारबाही हुने चेतावनी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामीले व्यवहारमै परिवर्तन गर्नुपर्ने कतिपय कुरीति र कुसंस्कारका लागि अझै गाउँगाउँमा बहस र पैरवी हुनुपर्ने बताउँदै जनप्रतिनिधि र अधिकारकर्मीले यसबारे जनचेतना अभियान फैलाउन योजना निर्माण गरेर लाग्नुपर्ने सुझाव दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending