Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ: शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला !

\"\"काठमाडाैं । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ-विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा भिडियो खिचेका थिए । उनले सो भिडियो १ लाख रकम नदिए सार्वजनिक गर्दिने बताएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन् । प्रहरीले उनीहरुविरुद्ध म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ । घटनाबारे शिक्षक मेहता के भन्छन् ? जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा युवाहरुले भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफुले कुनै गलत काम नगरेको जिकीर गरेका छन् । ‘मैले कुनै गलत काम गरेको होईन’ शिक्षक मेहताले भने, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनिहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उनको तर्क छ । शिक्षक मेहताले विहिबार सदरमुकामको एक ल फर्ममा पुगेर आफुलाई कारबाही नहुने गरि उजुरी लेखिदिन आग्रह गरेको समेत खुलेको छ । स्थानीयले आफु गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् । के भन्छ प्रहरी ? आफू सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’ शर्माले भने, ‘रकम असुल्नु गैरकानुनी कार्य हो, त्यसैले उनीहरुविरुद्ध मुद्धा चलाइयो ।’ केही दिन अघि त्यस क्षेत्रमा चोरी समेत भएको र लगत्तै रकम असुल्न खोजेको उजुरी आएपछि उनिहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । प्रहरी प्रमुख शर्माले सार्वजनिक स्थलमा अश्लिल कार्य गरेको भनिएका शिक्षक मेहता माथि पनि अनुसन्धान गरेर कारबाही गर्ने बताए । शिक्षकको यौन काण्डपछि प्रहरीमा खैलाबैला शिक्षक मेहताको यौन काण्ड सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा खैलाबैला मच्चिएको छ । स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिटसमेत गरेको उनीहरुको आरोप छ । भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन् । नियतले नभइ अर्को मोवाइलमा पढाउने क्रममा भिडियो हटेको भण्डारीको दावी छ । स्थानीयले प्रहरीका घुमुवाबाट यसअघि पनि पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भलाकाजी भण्डारीलाई जिम्मेवारी परिर्वतन गरेको जनाएका छन् । शर्माले गुनासा आएपछि आफ्नै निगरानीमा राखेर घुमुवा परिवर्तन गरेको बताए । ‘अनुसन्धान भइरहेको छ, प्रहरीमाथि शंका गर्नु पर्दैन, दोषि पाइए कडा कारबाही हुन्छ’ शर्माले भने । प्रहरीले भिडियो खिच्ने युवाहरुलाई सार्वजनिक मुद्दा चलाएपछि स्थानीयले अनैतिक कार्य गर्ने शिक्षकमाथि समेत कारबाही गर्न दबाब दिएका छन् । चौतर्फी दबाबपछि प्रहरीले पैसाको कारोबारबारे छानविन गर्न शिक्षकमाथिसमेत निगरानी राखेर गहन अनुसन्धान गर्ने प्रनाउ शर्माको भनाइ छ । प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको मेहेताको नाम नामेसी समेत फरक देखिएको छ । प्रहरीले शंकर मेहतालाई शंकरप्रसाद यादव भनी अर्कै नाम उपलब्ध गराएपछि प्रहरी प्रति आशंका उब्जेको छ । यस्तो थियो घटना विहीबार एक महिलालाई मोटरसाइकलमा राखेर पुगेका शिक्षक महेता र महिलाको अनैतिक कार्य गरेको फोटो खिचेर एक आयोजनामा काम गरिरहेका मजदुरहरुले मोटरसाइल समेत नियन्त्रणमा लिएर पैसा मोलमोलाइ गरेका थिए । पैसाको मोलमोलाइ गरेपछि मेहता पैसा दिने भन्दै बैंकबाट लिएर आउने बचनसहित घटनास्थलबाट हिडेका थिए । उनले पछि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले मजदुरहरुलाई गिरफ्तार गरेको थियो । मजदुरमाथि मुद्दा चलाइएपछि स्थानीयले पैसाको चलखेलमा मजदुरमाथि कारवाही गरेर शिक्षकलाई जोगाउन खोजेको आरोप लगाएपछि प्रहरीले शिक्षकमाथिसमेत अनुसन्धान थालेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending