Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गृहमन्त्री बादलककै आडमा तस्करी माैलायो

\"\"काठमाडाैं । जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो । अाजको नागरिकमा खबर छ-उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ । वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र ‘टोले गुन्डा’ हरु प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् । ‘तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहिरी मान्छेलाई यहाँ प्रवेश गर्र्नै दिँदैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘यो बगरबाट दैनिक सय टिपरभन्दा बढी बालुवा निकासी भइरहेको छ।’ उनका अनुसार यो खानी पूर्ण रुपमा अवैध हो। बागमती किनार छेउछाउको करिब सय रोपनी जग्गा कब्जामा लिएर टहरा निर्माण गरिएको छ । त्यस्तै ती जग्गामा बालुवा, गिटी र ढुंगा भण्डारण भइरहेको छ । आफ्नो धारमा बगिरहेको बागमतीलाई दायाँतर्फ फर्काएर बालुवा झिक्ने कार्य भइरहेको छ। अचेल त्यहाँ बा ३ ख ४४०४, बा २ ख ९७७६, ग १ ख ६६७७ लगायतका टिपरले बालुवा ओसारिरहेका छन् । जनप्रतिनिधि नै तस्करीमा संलग्न भएपछि अवैध खानी कसले रोक्ने भन्ने प्रश्न उठेको छ। लगनखेल बजारबाट ७ किमिको दुरीमा पर्ने उक्त क्षेत्रमा भइरहेको बालुवा तस्करी नियन्त्रणमा न त जिल्ला प्रशासन कार्यालयको ध्यान पुगेको छ न त नगरपालिकाको नै । मुख जिल्ला अधिकारी महादेव पन्थ बालुवाखानीको निगरानी गरी त्यसको रेकर्ड राख्ने मुख्य निकाय गोदावरी नगरपालिका रहेको बताए। उनले भने, ‘हामीले डुकुछापको उक्त खानी बन्द गर्न भनेर नगरपालिकालाई पत्र काटेका थियौं। तर नगरपालिकाले यसबारे चासो दिएन।’ उनका अनुसार नगरभित्रका सबै खानीको निगरानी गर्ने, स्वीकृति दिने, बन्द गर्ने जिम्मा नगरपालिकाकै हो। ‘हामीले जिल्लाका धेरै खानी अवैध भएपछि बन्द गर्न नगरपालिकालाई निर्देशन दिएका थियौं। तर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको आदेश मानेन। यसको अपजस हामीमाथि आइलागेको छ।’ नागरिककर्मी शनिबार उक्त क्षेत्रका रिपोर्टिङ गर्न पुग्दा तस्करहरुले धमाधम बालुवा ओसरिरहेका थिए। वडाध्यक्ष लामाले आफूहरुले विकासका लागि खानी सञ्चालन गरेको जबाफ दिए। उनले भने, ‘यहाँका स्थानीयका धेरै समस्या छन्, ती समस्या हामीले पूरा गर्दै आएका छौं। खानी सञ्चालन गरेर स्थानीयलाई राहत पनि दिएका छौं। फोहर नदीको बालुवा झिकेर के नै जान्छ र?’ उनले गोदावरीका नगरपालिकाको स्वीकृतिमा आफूहरुले बालुवा निकालेर बेच्ने गरेको बताए। ‘नगरपालिकाले स्वीकृति दिएको छ, त्यही भएर हामीले बालुवा निकालेर सहरसम्म पु¥याउने गरेका छौं।’ गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उक्त खानीलाई कुनै पनि किसिमको स्वीकृति नदिएको दाबी गरे। ‘हामीले ठगी धन्दा गर्ने सञ्चालकलाई जथाभाबी अनुमति दिएका छैनौं,’ उनले भने, ‘कतिपयले मनपरी रुपले अवैध खानी सञ्चालन गरेका छन् भने बन्द गरेरै छाड्छौं।’ उनले अहिले खानीको विषयमा धेरै विवाद आएकाले नगरपालिकाले कडाइ गरेको बताए। मेयर महर्जनका अनुसार दिनेश लामाले कुनै पनि निकायबाट स्वीकृति नलिई सार्वजनिक जग्गा मिचेर खानी सञ्चालन गरिरहेका छन्। वडाअध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन्। खानीमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पनि लगानी छ। दुई वर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रजिस्टारको कार्यालयमा पनि दर्ता छैन। खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने प्रावधान छ। तर, ललितपुरमा ६ वर्षअघि गठित समिति निष्क्रिय छ। गोदावरी नगरपालिकाले पनि ६ नम्बर वडाका वडाध्यक्ष विष्णुमान महर्जनको संयोजकत्वमा खानीसम्बन्धी अध्ययन सिफारिस तथा अनुगमन समिति गठन गरेको छ। समितिमा मेयर गजेन्द्र महर्जनसहित कार्यकारी निर्देशक टेकराज पन्थी, इन्जिनियर माधवेन्द्र चौधरी, सीताराम कार्की, श्रीराम आचार्यलगायत छन्। समितिले पनि अवैध बालुवाखानी नियन्त्रणमा चासो दिएको छै। नयाँ मान्छेमाथि निगरानी ढुकुछापस्थित खहरे र बागमती खोलाको तीरमा दुई वटा अवैध खानी सञ्चालनमा छन्। प्रसिद्ध कटुवाल दह जान यही बाटो भएर जानुपर्छ। यो बाटो भएर सीमित व्यक्तिहरु ओहोरदोहोर गरिरहेका हुन्छन्। ती व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्वारमा दुईतीन जना खटाइएका छन्। ती व्यक्तिले नयाँ अनुहार देख्नेबित्तिकै सोधपुछ गर्न थाल्छन्। खानी छेउछाउको वातावरण सुनसान छ। तस्करहरु दिनभर बगरछेउको सय रोपनी खाली जग्गामा बालुवा थुपार्छन्। रात पर्न थालेपछि बालुवा सहरका विभिन्न डिपोहरुमा पु-याइन्छ। स्थानीयलाई रिझाउन भोज गोदावरी नपा–८ का वडाध्यक्ष शुकबहादुर लामाले वर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ। बालुवा तस्करीमा अवरोध नहोस् भनेर भोज खुवाउने गरेको डुकुछापका स्थानीय नवीन्द्र खड्काले जानकारी दिए। ‘एक दिनमै करोडौंको बालुवा उठाएर डिपोहरुमा पठाउँछन्,’ खड्काले भने, ‘हामीले धेरैपल्ट नदीको बालुवा तस्कर नगर्न आग्रह ग¥यौ। वडाध्यक्ष सुकबहादुर लामा र दिनेश लामाले सञ्चालन गरिरहेको अवैध बालुवाखानीमा प्रहरीको पनि मिलोमतो छ।’ उनका अनुसार वडाध्यक्ष लामाले डुकुछापका झन्डै सय घरलाई भोज खुवाउँदै आएका छन्। ‘यहाँ नयाँ मानिसका लागि सुरक्षित वातावरण छैन,’ उनले भने, ‘ललितपुरको प्रसिद्ध कटुवाल दह घुम्न जाने पर्यटक बीच बाटोमै लुटिने गरेका छन्।’ प्रहरी स्कर्टिङमा रिपोर्टिङ ललितपुर – लगनखेल बसपार्कबाट मोटरसाइकल यात्रामा करिब पौने घन्टाको दुरीमा पर्छ डुकुछाप गाउँ। त्यहाँ दनुवार समुदायको बसोबास छ। बस्तीमा पुगेर उनीहरुको भेषभूषा र जीवनशैली कोट्याउने उद्देश्यले शनिबार त्यहाँ जाने निर्णय शुक्रबार नै भएको थियो हाम्रो। अघिल्लो दिनको निर्णयअनुसार रामहरि कार्की र म बिहान १० बजे सातदोबाटोमा भेट भयौं। त्यहाँबाट मोटरसाइकलमा डुकुछाप पुग्न करिब ४० मिनेट लाग्छ। उक्त ठाउँ पुग्न भैंसेपाटी, खोकना, बुङमती हुँदै जानुपर्छ। हामी सोही बाटो हुँदै दनुवार बस्ती नजिक पुग्यौं। बस्ती पुग्नुअघि सडकको दायाँ साइटमा बागमती र खहरेखोलाको ठूलो बगर देखिन्छ। त्यहाँ सीधा बगेको नदीको धार परिवर्तन गरेर बालुवा झिकेर निकासी भइरहेको हामीले देख्यौं। त्यसमा मेरो नजर गयो। दाइ – (रामहरि कार्की, जो ‘दैनिक न्युज डट कम’ का सम्पादक हुनुहुन्छ) ले बाइक हाँक्नुभएको थियो। बालुवा निकासीको फोटो खिचौं भनेर मैले बाइक बिस्तारै हाँक्न आग्रह गरें। उहाँले बाइकको गति कम गरेपछि मैले दुई–तीनवटा फोटो खिचें। फोटो खिच्दै गर्दा बालुवाखानीको अगाडिपट्टि चस्मा लगाएर उभिएका एक व्यक्तिले हामीलाई नियालिरहेका थिए। फोटो खिचेपछि दाइले बाइकको गति बढाउनुभयो। जब हाम्रो बाइकको गति बढ्यो तब हाम्रो पछाडि चारवटा बाइक आइरहेको मैले देखें। सुरुमा त अरु केही कामले हिँडेका होलान् भन्ने लाग्यो। जब–जब ती बाइकले हामीलाई पछ्याउन थाले त्यसपछि लाग्यो, पक्कै हामीलाई नै खेदेको हुनुपर्छ। त्यसपछि दनुवार बस्तीमुनिको सडकछेउ पुगेर हामीले बाइक रोक्यौंं। हामीलाई पछ्याइरहेका ती चारवटा बाइक पनि त्यहीं आएर रोकिए। अब निश्चित भयो, उनीहरुले हामीलाई नै पछ्याएका रहेछन्। एकान्त ठाउँ केही गडबड होला कि भन्ने डरैडरमा उनीहरुले थाहा नपाउने गरी मैले महानगरीय प्रहरी परिसर, जाउलाखेलका एसएसपी गणेश ऐरलाई फोन गरें। मैले सानो स्वरमा सुरक्षा माग गरे। फोनमा बोलेको देखेपछि ती व्यक्ति हाम्रो नजिक आए। सातजनाले हामीलाई घेरे। विभिन्न अपशब्द बोले। उनीहरूले धम्कीपूर्ण भाषामा ‘किन आएको? किन फोटो खिचेको ? तपार्इंहरु को हो? खुरुक्क जानुस् आफ्नो बाटो नत्र यतै बस्नुपर्ला ? हामीले यहाँ पत्रकारलाई छिर्न दिँदैनौं’ जस्ता प्रश्न गरे। हामीले पनि पत्रकार होइनौं भनेर भन्योैं। तर उनीहरुले हाम्रो कुरा पत्याइरहेका थिएनन् किनकि हामीले बालुवाखानीको फोटो खिचेका थियौं। कुरा हुँदै गर्दा मोटरसाइकलमा प्रहरी आइपुगे । प्रहरी पुग्नासाथ हामीलाई घेरेका सबै तितरबितर भए। हाम्रो मन पनि प्रहरीलाई देख्नेबित्तिकै शान्त भयो । प्रहरी आएपछि दनुवार बस्ती पुग्ने निर्णय भयो। त्यसपछि हामी फेरि अवैध बालुवाखानी सञ्चालन भएको ठाउँ पुग्यौं। प्रहरीले सुरक्षा दिने भएपछि हामीले त्यहाँ फोटा खिच्यौं । बालुवा बोक्ने गाडी नम्बर टिप्यौं। खानी सञ्चालकहरु हामीलाई हेरिरहेका थिए । फोटो खिचेपछि हामी खानीबाट निस्कियौं। त्यहाँबाट २ मिनेट उकालो लागेपछि हाम्रो अगाडि सातवटा बाइक तेर्सिए। ती बाइकमध्ये बीचकोमा गोदावरी नगरपालिका–८ का वडाध्यक्ष सुकबहादुर लामा थिए। ती बाइकले हाम्रो बाटो छेके। प्रहरीलाई पनि अघि बढ्न दिएनन्। उनीहरुले तपाईंहरु पत्रकार हो? भन्दै चर्को स्वरमा सोधे। हामीले केही बोलेनौं। त्यसपछि ती पल्सर बाइकमा वडाध्यक्षसँगै आएकामध्ये केही हातपात गर्न हाम्रो नजिक आए। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरे। हामी सडकको छेवैबाट बाइक ढल्काएर अघि बढ्यौं। हाम्रो पछिपछि प्रहरी आइरहेका थिए। त्योभन्दा पछि तीनै तस्करहरु पछ्याउँदै आइरहेका थिए। उनीहरुले हामीलाई भैंसेपाटीसम्म पछ्याए। हामी प्रहरी स्कर्टिङमै जाउलाखेल आयौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending